काेराेना भाइरसकाे  संक्रमणका हिसाबले सबैभन्दा अगाडि रहेकाे  अमेरिकामा कोरोना भाइरसको महामारीले स्थिर रुप लिँदै गरेकाे अमेरिका  विज्ञहरूले बताएका छन् । ह्वाइट हाउस कोभिड–१९ टास्क फोर्सका विज्ञहरुले अमेरिकामा कोरोना भाइरसको संक्रमण स्थिर हुन थालेको र अब केही दिनपछि ओरालो लाग्ने बताएका हुन् ।

विज्ञहरूले भाइरस संक्रमण स्थिर भएको संकेत गर्ने राम्रा सूचकहरु देखिएकाे बताएका छन् छन् । यद्यपि अझै पनि संक्रमणको उच्च तहमा भने नपुगेको भन्दै विज्ञहरूले सचेत गराएका छन् । जसले गर्दा पूर्व अनुमानित जति मानिस नमर्ने उनीहरूले बताएका छन् ।  केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ लाखभन्दा धेरै मानिस मर्ने बताएकामा  त्याे आंकडासम्म काेराेनाबाट मृत्यू हुनेहरूकाे संख्या नपुग्ने उनीहरूले बताए ।

अमेरिकामा हाल लगभग ५ लाख  संक्रमित र मृत्यू हुनेकाे संख्या १८ हजार पुगेकाे छ । संक्रमण स्थिर देखिन थालेको र अब कम हुँदै जाने संकेत मिलेकोले  मृत्यु कम हुँदै जाने विज्ञहरुकाे विश्वास गरेका छन् । संक्रमण स्थिर भएपछि पनि महत्वपूर्ण सामाजिक दूरीसहितका रोकथामका उपायहरु भने जारी राख्नु पर्ने उनले बताएका छन् । अमेरिकामा सबैभन्दा बढी प्रभावित भएका न्यूयोर्क, न्यू जर्सी तथा सिकागो सिटीमा संक्रमण तथा मृत्यु हुनेको संख्या स्थिर रहन थालेकाे छ ।(फाेटाेः एनविसि न्युज)