विख्यात लाेकगायक तथा प्रशिद्ध सङ्गीतकार राम थापाकाे सम्झना गराैँ एकपटक

राम थापा प्रशिद्ध लोकगायक  तथा  संगीतकार थिए । लोकगीत, लोकसंगीतका साधक थापाको नाम नसुन्ने नेपाली सायदै होलान् तर पछिल्ला पुस्ताले भने राम थापालाइ नजिकबाट चिन्ने अवसर सायाद पाएका छैनन् । । अमेरिकादेखि युरोपसम्म, जापानदेखि टिमोर वा हैंटीसम्म जहा“-जहा“ नेपाली छन्, राम थापाका ठटयौला लोकगीतहरू, नेपालीपनका संगीत र नेपाली माटो सुहाउदा स्वदेश गानहरूले नेपालीलाई ऊर्जा दिलाएको हुनपर्छ ।

कुनै समय थियाे बाटामा हिँड्दा हाेस् वा कलकारखानामा, चुल्होचौकोमा होस् वा खेतबारीमा रहेका सबैलाइ राम थापाले गीत सङ्गीतमार्फत हसाएँ, मोहित तुल्याए । उनी हामीबीच नरहे पनि उनका स्वर तथा सङ्गीतमा उनी अजम्बरी छन् ।

संयाेग भनाैँ माइलो दाइ कृष्णबहादुर थापा मगरको निधन भएको ८ महिना नबित्दै  राम थापा पनि याे संसारबाट बिदा भएका थिए । थापाका एकमात्र छोरा निशाप (निशु) को पनि  १७ वर्षो उमेरमा दुःखद निधन भएको थियो । छोराको निधनले विछिप्त मनस्थितिका गायक बेला-बेला ‘अब मेरो सहारा गीत-संगीत र रजनी’ भन्ने गर्थे ।  रजनी उनकी धर्मपत्नीकाे नाम हाे ।

सयाैँ लाेकगीतका साथमा राम थापाले नेपाली आधुनिक संगीतमा नमिटिने छाप छाडेर गएका छन् । उनले संगीत भरेका ‘कुन देशकी परी हौ तिमी… (गायक हिक्मत माली), सुन-सुन मेरा साथी… -गायिका ताथा थापा), रिसाउँदा झनै राम्री रिसाइ देउन विन्ती… (रविन शर्मा) मा संगीतका परागसँगै मुस्काएका देखिन्छन्, राम थापा । यसैगरी सदावहार गीतहरू- कुन बेला टेक्यौ… (गायिका तारा थापा), वैगुनी छौ भनुँ भने… -प्रकाश श्रेष्ठ), तिमीलाई अचेल कहाँ भेटुँ… (प्रेमध्वज प्रधान), बाँधेर किन छोडयौ हातहरू… (सुनिता सुब्बा), फूल झरे पनि काँडा झर्दैन… (रविन शर्मा, तारा थापा) आदिमा गती अजम्बरी छन्  ।

०३८ सालमा रेडियो नेपालमा वाद्य संगीतमा जागिरमा प्रवेश गरेका उनी लोकगायनमा अब्बल दर्जाका गायकका रूपमा देखापरे । ‘हाईहाई वनकाली माई…’ को कर्णप्रिय लोकगीतबाट गायन क्षेत्रमा उदाएका थापा वनकालीको नजिकै रहेको आर्यघाटमा ५१ वर्ष जिन्दगीमा अस्ताए ।

सन् २००३ मा बीबीसीले र्सवेक्ष्ँण गरेको विश्वका विभिन्न राष्ट्रहरूको संगीत प्रतिस्पर्धामा नेपालको संगीत ७ औं स्थानमा आउन सफल भएको थियो । ‘ऋतुहरूमा तिमी हरियाली बतास हौ…’ गीतका गायक अरुण थापा र संगीतकार राम थापा हुन् । दुवै अमर स्रष्टा समाजबाट ओझेलमा परिसके भने उक्त गीतका गीतकार राजेन्द्र थापामात्र हामीमाझ छन् ।

संगीतका विद्यार्थीलाई ‘संगीतको नोटेसन पुस्तक’ उपहार दिएका राम थापा गायक, संगीतकारमात्र नभएर पुस्तकका लेखक पनि हुन् । राजधानीको मुटु कमलपोखरीमा जन्मेका उनले सहरी जीवनको हाउभाउभन्दा गाउँले परिवेशलाई रोजे । अनि लोकगीतका माला उनेर श्रोतालाई उपहार दिए ।

राम थापाका लोकगीतमा जीवनशैलीको शिल्फीपन प्रचुर मायामा भेटिन्छ । कति बस्छयौ माइतीको कौसीमा, कटर-कटरमा तिम्राे सुहाउँदो ज्वाँइ आयो मोटरमा, लेकाली हो चोयाको डोको, ठोक्न मादल ठोक्, सुको पैसा रहेन खल्तीमा, छमछम नाचिदेउ धन आदिजस्ता लोकगीत सुन्दा केही ठटयौलीपन देखाए पनि नेपाली समाजमा सँंगीतिक जलप लगाएको अनुभूति हुन्छ ।