काठमाडौं।  देशमा बन्दा-बन्दी चलिरहेको छ । यस बन्दा-बन्दीको बिचमा अन्तर्राष्ट्रिय रुपमै पेट्रोलियम पदार्थको मूल्यपनि घटेको छ । तर, नेपालमा भने ढुवानी भाडा बढेको कारण देखाउँदै थोक तथा खुद्रा व्यापारीले खाद्यान्न र तरकारीलगायतका वस्तुहरूको आफूखुशी मूल्य बढाउन थालेका छन्।

ट्रक चालक र सहचालक छुट्टीमा बसेका कारण ढुवानीका लागि यातायातको साधन नपाउँदा बढी भाडा तिरेर ढुवानी गर्नुपरेकाले सामानको मूल्य बढेको दाबी विक्रेताहरूको छ।

कुन वस्तुमा कति बढ्यो मूल्य?

खुद्रा व्यापार संघले दिएको जनकारीअनुसार अहिले दैनिक उपभोग हुने प्रत्येक सामानको मूल्य बढेको छ। सबैजसो सामानमा प्रतिकेजी सामानमा प्रतिकेजी १० देखि १५ रूपैयाँसम्म मूल्यवृद्धि भएको संघले बताएको छ।

संघका अनुसार चामलमा प्रतिबोरा ७५ देखि १०० रूपैयाँसम्म मूल्य बढेको छ। यसबाहेक दाल, नुन, तेल लगायतका वस्तुमा १० देखि १५ रूपैयाँले मूल्य बढेको छ।

अनुगमन सून्य 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नाम दिएर केन्द्रीय सरकारको एउटा बिभाग उपत्यकामा बसेर दैनिक सरकारी तलब सुविधा भोगिरहेको छ । यस विभागले आम सर्वसाधारणको ढाड सेकिने गरि  दालभात तरकारीमा  मूल्य  बढादा समेत कानमा तेल हालेर बसेको देखिन्छ ।

यस्तै स्थानीय सरकार सन्चालन एनले हरेक पालिकाहरुमा उप प्रमुखको नेतृत्वले अनुगमन गर्न सक्ने अधिकार दिएको छ । तर, गृहणी वर्गको  प्रतिनिधित्व  गर्ने उपहरु चुपै बसिदीदा बजार अनुगम सून्य छ । दालभात तरकारीको मूल्या आकाशिएको छ ।  बढेको मुल्यको त  के ब्यापारीहरुले सामान बिक्रि गर्दा बिल समेत उपभोक्ताहरुलाई दिदैन् । अनुगम सून्य छ ।