विश्वव्यापीरूमा कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकाको न्यूयोर्क सहरले आफूलाइ ब्यूँताउने तयारी शुरू गरेकाे बताइएकाे छ । न्यूयाेर्कले आफ्नो अर्थतन्त्र पुनः चलायमान बनाउने तयारी थालेको छ ।

कोरोना भाइरस महामारीको सम्भावित उच्च तह पार गरेपछि न्यूयोर्कले अब आर्थिक गतिविधि सुचारु गर्ने तर्फ ध्यान दिन थालेको हो । न्यूयाेर्कमा दैनिक मृत्यूदर तथा दैनिक संक्रमण दरमा कमी आउन थालेसँगे आर्थिक गतिबिधिप्रित चासाे सुरू भएकाे हाे ।

बताइए अनुसार आर्थिक गतिविधिहरु चरणबद्ध रुपमा खुला गरिने तयारी भएकाे छ । यस अन्तर्गत सुरुमा निर्माण तथा उत्पादन क्षेत्र सञ्चालन गर्न दिइने छ  । दोस्रो चरणमा आवश्यकताको सिद्धान्त र अवस्था अनुसार व्यवसायहरु सञ्चालनको अनुमति दिइने छ । हरेक चरणमा दुई हप्ताको अवधी हुने र सो अवधिमा प्रभाव कस्तो रह्यो भनेर अवलोकन गरिने छ ।

व्यवसाय सञ्चालन गर्दा कोरोना भाइरसको संक्रमण तथा त्यसबाट अस्पताल भर्ना गर्नु पर्ने बिरामीको संख्यामा बृद्धि भयो वा भएन भन्ने हेरिने छ । व्यवसाय पुनः सञ्चालन गर्ने रणनीतिको समयक्रम भने सार्वजनिक भएकाे छैन  । तर राज्यका केही क्षेत्रहरु मे १५ भन्दा पहिले नै सञ्चालन हुने सम्भावना छ  । शनिबार न्यूयोर्कमा ३६७ जनाको मृत्यु भयो ।