सडकका कुकुरहरुलाइ खाना खुवाउदै कपनका युबाहरु

मिलेर गरम ,सकेको गरम भन्ने पवित्र उदेश्य सहित बुढानिलकण्ठ स्थित कपन क्षेत्रका युवाहरू सडकमा बेवारिसे अवस्थामा रहेका कुकुरहरूलाई खाना खुवाउने अभियानमा लागेका छन् ।कोरोना कहरले देश लकडाउनको अबस्थामा पुगेको र वेवारिसे जनावरहरु भोक भोकै मर्ने अबस्था आएकोले सबै प्राणीको बाच्न पाउने अधिकार रहेको तथा कुकुर त झनै मानिसको सुरक्षात्मक साथी भएकाले यो अभियान शुरु गरिएको अभियन्ता दिपेश भन्डारी सानेले बताएका छन्।
दिपेश भन्डारी , राहुल लुइँटेल , सुदिप लुइँटेल , नवीन रिमाल , सौरभ अधिकारी , अनिल कार्की , किरण थापा मगर , नयन रिमाल र अनुज लुइँटेल लगाएतले सन्चालन गरेको यो अभियान व्याक्तिगत रुपमा ५०/५० रुपैयाँ उठाएर शुरु गरिएको छ।
एस अभियान अन्तर्गत करिब २०० कुकुरहरूलाई खाना खुवाइसकिएको छ।