• आकाश श्रेष्ठ

हामी युवा संजालमा आबद्ध छाैँ । याे युवा संजाल एउटा अभियान हो जसले बुढानिलाकण्ठ नगरपालिका वडा न १० भित्र बस्ने युवाहरुको बिभिन्न विचारधारा, आइडिया, क्षमता र पर्सेप्सनलाइ एकीकृत गरि वडा संग विभिन्न बिषयमा साझेदारी गर्नुका साथै युवासशक्तिकरण्को लागि विभिन्न बिषय अनुसन्धान गर्ने काम गर्छ । युवा संजालले वडा कार्यालय  र युवाहरुबीच पुलको काम गर्छ । वडाको नीति निर्माण युवामैत्री बनाउन पहलका साथै साथै वडाको हरेक कार्यक्रम र योजनामा युवाहरुसँग् व्यापक छलफल र सहभागिताको लागि युवा संजाल सक्रिय रहेकाे छ ।

यतिखेर चीनको वुहान सहरबाट सुरु भएको कोरोनाको संक्रमणले  संसारभरिको धेरै देशहरु लकडाउन भएको छ । विश्वभरी फैलिएको कोरोना भाइरस महामारीसँग जुध्न नेपाल सरकारले  लकडाउन घोषणा गरेको छ । याे लकडाउले निरन्तरता पाइरहेकाे छ । नेपाल सरकाले लकडाउन घोषणा गरेको भोलिपल्टबाटै  बुढानिलकण्ठकाे कपनकाे फाँट क्षेत्र पनि सटडाउन भएको अवस्थामा हामी युवा संजालले तुरुन्तै कसरी यस्तो अवस्थामा वडालाइ भयरहित र सुरक्षित राख्न सकिन्छ भनेर विभिन्न भर्चुएल बैठकबाट रणनीति बनाउन हामी जुटेका थियौँ ।

चैत्र १४ गते युवा संजालको टिम वडा न १० को विभिन्न चोक, टोल,कपन प्रहरी प्रभाग,एटिम बुथ, तरकारी बजार लगायत सार्वजनिक स्थानहरुमा स्यानिटाइज गर्नुको साथै पर्चा, पम्प्लेट, स्यानीटाइजर र मास्क वितरण गर्याैँ । बुढानिलकण्ठ नगरपालिकाको २०७६ चैत्र १९को ४७ औँ बोर्ड बैठकले अति-बिपन्न र ज्यालादारी मजदुरलाई तिन प्रकारको राहत प्याकेज घोषणा गरेको थियो । यस कार्यलाई सफल बनाउन हाम्राे युवा संजालले घरघर र टोलटोल गएर अति बिपन्न र ज्यालादारी मजदुरहरुको नामावली संकलन गरेको थियो । राहत बितारणलाइ अलिक चाँडो नै सुरु होस् भन्ने मनसायले हामी आफै वडा कार्यालयमा बसी संकलित नामावली इन्ट्री गर्नुका साथै संकलित नामावलीहरु हेरेर हरेक घर धनीहरुलाई सम्पर्क गरि भेरिफाइ गर्ने काम गरेको थियो। राहत वितरण प्रणाली व्यवस्थित र सुरक्षित ढंगले अगाडी बढोस भन्ने हेतुले चैत्र २९ गते युवा संजालले राजनीतिक संयन्त्रको टिमसँगको सहकार्यमा  घरघर पुगेर राहत कुपन बाँडेका थियौँ ।

चैत्र ३० गते बिहान १० बजेबाट सुरु भएको बु.न.पा-१० को राहत वितरण सुरक्षित र व्यवस्थित ढंगले अगाडी बढाउनक लागि युवा संजालले वितरण केन्द्रकाे अग्रभागमा खट्नुको साथै लाइन गोलो बनाएर सामाजिक दुरी कायम गर्दै व्यस्थित र सुरक्षित ढंगले राहत वितरण कार्यक्रम घण्टाैँ सघाएका थियौँ।

वडा कार्यालयले गरीब, ज्यालादारी र पीडितलाई नि:शुल्क खाना वितरण कार्यलाई लक्षित वर्गमा पुर्याउन युवा संजालले खाना प्याकिङ्ग र टोलटोल र घरघरमा खाना पनि वितरण गर्याैँ । लकडाउन उल्लंघन गर्ने क्रम बिभिन्न बहानामा बढिरहेको अवस्थामा युवा संजालले टोलटोलमा माइकिङ्ग गर्नुको साथै कोरोना भाइरस सम्बन्धि बिभिन्न जनचेतनामुलक कार्यक्रम हामीले अगाडि बढायाैँ ।  चोकचोकमा बसी प्रहरीसँगको समन्यवमा हामीले लकडाउनको प्रभाकारी कार्यान्वयनका लागि पर्चा पम्प्लेट वितरण गर्नुको साथै बिभिन्न रचनात्मक कामहरु अगाडी बढायाैँ ।

काेराेनाकाे सन्त्राशमा रगतको कुनै अभाब नहोस् भनेर युवा संजालले जोसेफ एजुकेशनल नेटवर्कसँग सहकार्य गरेर बैशाख १५ गते रक्तदान कार्यक्रम  आयोजना गर्याैँ ।

लकडाउन अबधीभर युवा संजालको विभिन्न अभियानमा साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण वडावासी दाजुभाइ,जनप्रतिनिधि र राजनीतिकर्मीप्रति आभार प्रकट गर्न चहन्छौ । हामी कोरोना भाइरसको बिरुद्धकाे अभियानमा अझै सक्रियताका साथ आफ्ना गतिबिधिमा निरन्तरता दिइरहेका छाैँ ।  हाम्रो पाइलाहरु कुनै अनि बहानामा राेकिने छैनन् ।  अझै परिपक्व र व्यवस्थितका साथ अगाडी बढ्ने वाचा हामीले गरेका छाैँ । याे सामाजिक अभियान काेराेनाका साथ सक्रिय भएकाे भए पनि दीर्घकालसम्म समाजिक सेवकाकाे अभियानमा लैजाने साेचमा हामी छाैँ । याे अभियानका हरेक पक्षसँग हामीसबै जतिखेरमा पनि जाेडिन सक्छाैँ । सबैलाइ सामाजिक अभियानमा जाेडिन आव्हान पनि गर्छाैँ ।

साथै काेराेनाकाे सम्भावित महामारीमा लकडाउनलाइ हामी सबैले पालाना गर्नुपर्छ ।  आफ्नै घरभित्र बसी अत्याबश्यक काम बाहेक लकडाउनको पूर्ण पालना गर्न युवा संजाल हार्दिक आग्रह गर्दछ ।