विश्वभर काेराेनाकाे महामारी फैलिएकाे छ । युराेप तथा अमेरिका सबैभन्दा बढि प्रभावित छ भने एसियामा मृत्यू र संक्रमित दर बढिरहेकाे छ । यद्यपि नेपालसहितकाे सार्क देशमा भने अझै काेराेनाकाे माहामारी सामान्य अबस्थामा मै छ । दक्षिण एसियामा भारत र पाकिस्तामा महामारी चम्किए पनि भुटान र नेपालमा तुलनात्मकरूपमा निकै कम देखिएकाे छ।

सार्क देशमा भुटानमा सबैभन्दा कम काेराेना राेगी देखिएका छन् । भुटानमा हालसम्म जम्मा ७ जनामा काेराेना संक्रमण भएकामा ५ जना डिस्चार्ज भैसकेका छन् । भुटानपछि कम काेराेना राेगिकाे श्रेणीमा नेपाल रहेकाे छ । नेपालमा हालसम्म १०२ जनामा संक्रमण देखिएकाे छ भने ३० जाना निकाे भएर घर फर्किएका छन् । नेपालमा अहिलेसम्म संक्रमण देखिए पनि गम्भीर स्वास्थ्य अबस्था भने देखिएकाे छैन ।

सार्क देशमा मालदिब्स र श्रीलंकामा १ हजारभन्दा कम संक्रमित देखिएका छन् । मालदिब्समा ६४८ संक्रमितमध्ये २० जना निकाे भएका छन् भने ३ जनाकाे मृत्यू भएकाे छ । त्यसैगरी श्रीलंकामा ८२४ विरामीमध्ये १३२ जना निकाे भएका छन् भने ९ जनाकाे मृत्यू भएकाे छ ।