• केशव पाठक

सामान्यतया मानव जीवनमा धर्मकाे सर्वाेपरि महत्व हुने गरेकाे छ । व्यक्तिगत तथा सामाजिक जीवनलाइ व्यवस्थित पारी  पूर्णतातिरकाे मार्ग अनुसरण गर्न जुनजुन पद्धति वा व्यवस्था अपनाइने गरिन्छ तीमध्ये एक हाे संस्कार । मानिसमा धर्मका माध्यमले उसकाे जीवनलाइ पवित्र र शुद्ध पार्ने हेतुभित्र संस्कार शब्दकाे अर्थ समेटिन्छ ।

आजभाेलि जानजन्जानमा संस्कार शब्दकाे प्रयाेग धेरै भैरहेकाे देखिन्छ । संस्कार शब्दकाे प्रयाेग अनेक अर्थमा भैरहेकाे हुन्छ । संस्कार शब्दकाे शाब्दिक अर्थ शुद्धि, सुधार तथा सफाइ हाे । संस्कारलाइ हामीले जीवनलाइ शुद्ध पार्न समुचित तरिकाले गरिएकाे पद्धति भन्न सक्छाैँ । याे शाब्दिक अर्थभित्र संस्कारमार्फत आत्माशुद्धि हुन्छ भनेर बुझ्न सकिन्छ । जीवनकाे परिशुद्धि तथा आत्माकाे उन्नति संस्कारविन संभव नहुने देखिन्छ ।

हिन्दूसमाजमा जन्मदेखि मृत्यूपर्यन्तकाे जीवनसित सम्बन्धित बिभिन्न पक्षहरू मानवका जटिल प्रक्रिया हुन् । हिन्दू संस्कारहरूमा आरम्भिक विचार, धार्मिक विधि विधान, सहवर्ती नियम तथा अनुष्ठानहरू, तिनकाे उद्धेष्य दैहिक मात्र नभै व्यक्तिकाे सम्पूर्ण व्यक्तित्वकाे परिष्कार, शुद्धि एवम् पूर्णता पनि हाे ।

हिन्दूहरूकाे सम्पूर्ण जीवन संस्कारहरूद्वार घेरिएकाे हुन्छ । शिशु जन्मनुभन्दा अगाडि अर्थात गर्भाधान गरेदेखि नै अनेक संस्कारहरूकाे अनुसरण गर्नुपर्दछ । संस्कारलाइ यति महत्व दिएर के विश्वास गरिएकाे छ भने संस्कार विना व्यक्तिकाे जीवन कदापि पूर्ण हुँदैन । संस्कार मुख्य उद्धेष्य शुद्ध र जीवनलाइ बाधामुक्त पार्नु हाे ।

हिन्दू धर्मका अनेक संस्कारहरूमा यज्ञ वा हवनकाे विधान छ । अशुभकाे नाश र शुभकाे आगमनका लागि संस्कारमा अग्नि, जल एवम् मन्त्रहरुकाे प्रयाेग गरिन्छ । मन्त्रहरूकाे उच्चारण, दण्डधारण, देवरूपमा पुराेहितद्वारा आशीर्वचन यी सबैकेा उद्धेष्य अशुभकाे नास हाे । आत्मशुद्धि गर्न र जीवनलाइ बिघ्नबाधारहित पारी उन्नतिकाे पथतिर सदा अग्रसर गराउने धार्मिक र सामाजिक चेष्टा नै संस्कार हाे ।

हिन्दू धर्मका गृह्यसुत्रहरूमा संस्कारबारे प्रशस्त उल्लेख भएकाे भेटिन्छ । धर्मसुत्र तथा स्मृतिहरूमा समेत संस्कारहरूकाे उल्लेख भएकाे पाइन्छ । यद्यपि याे विषयमा सबैकाे मतैक्यता भने पाइन्न । बिभिन्न आचार्य तथा विद्वानहरूले संस्कारका बिभिन्न भेदहरूकाे वर्णन गरेका छन् ।

गाैतम धर्मसुत्रमा हिन्दूहरूकाे जीवनमा चालीस संस्कारहरू छन् भनेर उल्लेख गरेका छन् । बैखानस गृह्यसुत्रमा अठार संस्कारकाे वर्णन भएकाे छ भने पारस्पर, बाैद्धानक, बराह गृह्यसुत्र तथा मनुस्मृतिमा तेह्र संस्कारहरूकाे मात्र उल्लेख भएकाे छ । यस्तै ऋग्वेदमा पनि संस्कार कुराहरू उल्लेख छन् । ऋग्वेदमा तीन संस्कारकाे वर्णन भेटिन्छ, गर्भाधान, विवाह र मृत्यू । यता यजुर्वेदमाचाहिँ उपनयन र मुण्डनलाइ पनि संस्कारमा हालिएकाे छ ।

उपनिषद् तथा व्राम्हणग्रन्थहरूमा समेत व्यवस्थित संस्कारकाे रुप फेला पर्दैन । समयक्रमसँगै धेरैपछि संस्कारहरूकाे संख्या निश्चित गर्ने प्रयास भएकाे पाइन्छ । कुनै समय धर्मसुत्रहरूमा संस्कारहरूका संख्या बढाउने हाेडसम्म चलेकाे देखिन्छ । कालन्तरमा ऋषि दयानन्दले सबैलाइ समन्वय गरी साेह्र संस्कारहरूकाे निर्धारण गरे । संस्कारहरूकाे संख्यामा रहेकाे विवादबीच हिन्दू जीवनमा प्रचलित केही मूख्य संस्कार यसप्रकार छन्, गर्भाधान, पुंसवन(पुत्रप्राप्तिका लागि गरिने अनुष्ठान), जातकर्म(नालकाट्दा बालकाे जिभ्राेमा वेद लेख्ने कर्म), नामकरण, निष्क्रमण(शिशु जन्मेपछि पहिलाेपटक घरबाट बाहिर लैजाँदा गरिने कर्म), अन्नप्राशन, चुडाकर्म(पहिलाेपटक कपाल काटिने कर्म), विद्यारम्भ, उपनयन(ब्रतबन्ध), विवाह र अन्तेष्टि ।

मनुष्यकाे जीवनमा अनेकाैँ स्थिति र परिस्थितिहरू देखा पर्छन् ।जस्तै आनन्द, घृणा, दुख, प्रेम, भय, सुख आदि आदि । यिनै विषय अभिव्यक्त गर्ने प्रतिकात्मक साधन संस्कार हाे । घरमा बालक जन्मदाकाे खुशी आनन्दी मनकाे अभिव्यक्ति हाे भने आफन्त वा स्वजनकाे मृत्यूमा हुने अनुभूति दुखकाे प्रतिकात्मक अभिव्यक्ति हाे ।

पाश्चात्य सभ्यताका प्रभावले गर्दा आधुनिक कालमा हिन्दू संस्कारका कतिपय महत्वहरू लाेप भएका छन् । मनुस्मृति कतिपय संस्कार पनि प्रचलित अबस्थामा फरक भैसकेकाे छ । ढिलाे बिहे गर्ने क्रमसँगै गर्भाधान, पुंसवन, जातकर्मजस्ता संस्कारहरू अब पाउन गाराे छ । चुडाकर्म तीनदेखि पाँच वर्षभित्र गरिने कर्म भएकाले याे क्रम पनि प्रचलित अबस्थामा सक्रिय संस्कार रहेकाे देखिदैन ।  तथापि उपनयन, विवाह र अन्तेष्टि संस्कारचाहिँ अझै नेपाली जीवनमा भ्यासम्म बिधिसम्मत गरेकाे पाइन्छ ।