जनसंख्याकाे हिसाबले देशकै ठूलाे नगरपालिकामध्ये एक बुढानिलकण्ठ नगरपालिकामा काेराेना संक्रमणकाे उच्च जाेखिम देखिएकाे छ । नगरपालिकाले कर्मचारी र जनप्रतिनिधिकाे आरटिडि चेक गर्दा २१ जनामा पाेजेटिभ देखिएसँगै नगरमा जाेखिम बढेकाे देखिएकाे छ । केही दिन अघि नगरपालिकाकाे वडा नं १२ मा एकजना संक्रमितसमेत भेटिएसँगै आरडिटि चेक बढाइएकाे छ । नगरपालिकाले नगर कार्यालय तथा वडा कार्यलयमा आरडिटी चेक गर्न सुरू गरेकाे हाे ।

चेकजाँचकाे सुरूवाती क्रममा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिकाे चेक गरिएकामा २७८ जनाको आरडीटी टेष्ट सम्पन्न भएकाे छ ।  जस मध्ये पुरुष १५ र महिला ६ जना गरेर कुल २१ जनामा पोजेटिभ देखिएको छ भने बाँकीको नेगेटिभ देखिएको छ।याे संख्या नगरपालिका कार्यालयमा चेकजाँच गरिएकाहरूकाे हाे । वडा कार्यालयमा चेकजाँच गरिएकाकाे संख्या सार्वजनिक गरिएकाे छैन ।

आरडीटी पोजेटिभ देखिएका सबैलाई नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टिनमा राखिएको छ। पिसिआर टेष्टको लागी आरडिटी पोजेटिभ देखिएका सबै २१ सहित कुल ५१ जनाको थ्रोट स्वाब आजै संकलन गरिएको नगरपालिकाले जनाएकाे छ ।  उनीहरुको रिजल्ट ४८ घण्टा भित्र आउनेछ। नगरप्रमुख उद्धव खरेलले सबै नगरवासीलाइ सुरक्षितसाथ घरमै बस्न अपिल गरेका छन् । (फाेटाेः बुढानिलकण्ठ मेयर कार्यालय नामकाे फेशबुक पेजबाट)