बूढानीलकण्ठ नगरपालिकाका ४९ जनाको रिपोट आज आउने

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा ४९ जनाको कोभिड १९ को रिपोट आज आउने बताइएको छ ।

जस अन्तर्गत ४१ जना छहारी भावनको क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको हो भने ८ जनाको कपन तेन्जेङ्ग चोक निवासी रहेका छन् ।

नगरपालिकाले १ सय १ जनाको आर्टिपिसिआर विधिबाट परिक्षण गराएको थियो । ५२ जनाको रिपोट भने भोलि ( मंगलबार ) आउने छ ।

बूढानीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले रिपोटको नतिजा आज १२ बजे  प्रेस विज्ञप्ति मार्फत जानकारी गराइने बताए ।