काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा १ सय ५७ जनालाई  कोभिड १९ को प्रारम्भिक परिक्षण गराएको छ । नगरले परिक्षणको दायरा बढाएसंगै प्रारम्भिक परिक्षण “आरडिटि” को रिपोटमा  सातजनाको रिपोट संकास्पद  देखिएपछी उनीहरुलाई नगरले व्यवस्थागरेको क्वारेन्टाइनमा  पठाइएको नगर उपप्रमुख शान्ति नेपालले काठमाडौँखबरलाई बताइन् ।

रिपोट संकास्पद देखिएका ७ जना लगायत २३ जनाको “पिसिआर” विधिबाट परिक्षण गर्न  स्वाब संकलन गरि टेकु स्थित राष्ट्रिय प्रयोगशालामा पठाएकाछौ उनले भनिन् ।

कोभिड-१९ को सङ्क्रमणको जोखिम हाल प्रत्येक स्थानमा बढ्दो क्रम रहेको छ। यसबाट बच्नकोलागि अझै बढि सतर्कता अपनाउनुपर्ने जरुरत रहेको  र   सामाजिक सञ्जालमा आउने अफवाहहरुमा ध्यान केन्द्रित नगर्न नगरपालिका उप प्रमुख नेपालले  आग्रह गरिन् ।