काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिका निवासी ३ जनामा कोभिड १९ रोग लागेको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय द्वारा जारी गरिएको विज्ञप्तिमा उक्त कुरा उलेख गरिएको छ ।

टोखा नगरपालिका वडा ३ का २७ वर्षीय पुरुष यस्तै टोखा निवासी वडा नम्बर ६ का ४१ वर्षीय पुरुष साथै बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का एकजना ३७ पुरुषमा “पिसिआर” विधिबाट परिक्षण गर्दा रिपोट पोजिटिभ देखिएको हो ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ( सोमबार) थप ६९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या नेपालमा ६ सय ७५ पुगेको हो ।

सोमबार संक्रमण पुष्टि भएकाहरुमा काठमाडौं लगायत धनुषा, कपिलवस्तु, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र दैलेखका नागरिक रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।