काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाबस्ने ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएसंगै  सात घर सिल गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ शिवचोकस्थित स्थानेश्वर मार्गका सात घरहरु अहिले सिल्ड गरिएको हो ।

ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर विधिबाट परीक्षण गर्न लागिएको हुनाले उक्त क्षेत्रका साताघर सिल्ड गरि कन्ट्याक ट्रेसिंगका आधारमा सम्पर्कमा आएका व्यक्तिहरुलाई परिक्षण गरिन लागेको नगर प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए ।

पहिलो सङ्क्रमित गोकर्णेश्वर नगरपालिका वडानम्बर  ४ क्षेत्रमा ट्रेसिङ गरिएका १९७ जनाको आरडिटी परीक्षण गर्दा ७ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका सबैलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको उनले जानकारी बताए ।

गोकर्णेश्वर नगरपालिकामा सातजनाको रिपोट संकास्पद