चाबहिलको गङ्गाहिटी जहाँ गणेश नुहाउन आउछन्

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका वडा नम्बर सात स्थित ऐतिहासिक गङ्गाहिटीमा निरन्तर पानी आइ रहेको छ । लिक्षविकालिन यो ढुङ्गेधाराको सम्बन्ध चाबहिलमा रहेको गणेश मन्दिरसंग जोडिन्छ । यस धारोलाई गणेश धारो  पनि भनिन्छ । यस स्थानमा कार्तिक त्रियोदशीका दिन विशेष पुजा अर्चना सहित  धुनी जगाउने गरिन्छ भने चतुर्दशीकादिन चाबहिलमा रहेका चन्द्र विनायक गणेशलाई यहाँ स्नान गराइन्छ  र पुन मन्दिर प्रवेश गराइन्छ ।

कुनै समय उपत्यकाका तीनै जिल्लामा राजकुलोबाट पानी आउँथ्यो। यहाँ तीनवटा प्रमुख राजकुलो प्रणाली छन्। काठमाडौंका लागि बुढानिलकण्ठबाट आउँथ्यो, भक्तपुरमा बागेश्वरी र पाटनमा टीकाभैरवबाट। विगतमा स्थानीयले राजकुलोकै पानी पिउँथे। खेतबारीमा प्रयोग गर्थे। सहरीकरणसँगै राजकुलोमाथि सडक बने। ऐतिहासिक हिटी र पोखरी सुक्दै गए। यहिँ धारो भन्दा तल एउटा अर्को धारो छ जसलाई भैरब हिटी भनिन्छ । तर, अहिले त्यहाँ धारो छैन । त्यहाँ गङ्गाहिटी टोलसुधार समितिको भवन बनेको छ स्थानीयवासीले बताए ।

गङ्गाहिटीको मुहान बेची ब्वङ (कुवा) अहिले निजि व्यक्तिको जग्गामा रहेको छ । २०१५ सलाममा यस ढुङ्गेधाको पहिलो जीर्णोद्धार गरिएको हो । यस ढुङ्गेधाराको बेची ब्वङ (कुवा) २०३८ सालमा निर्माण गरिएको स्थानीयवासीले बताए। बेची ब्वङ मङ्गल जस्तै हुन्छ, यो दुइवटा बनाइएको छ, त्यहाँ जम्मा भएको पानी धारामा आउछ । हामीले थप अध्यन गर्न खोजेउ तर, यहाँ राखिएको सिलापत्र चोरी भएको बर्षौ भएको स्थानीयले हामीलाई बताए ।

यस धरोहरलाइ २०५३ सालमा काठमाडौँका मेयर पीएल सिंहले जीर्णोद्धार गरेका थिए त्यसपछि २०५४ सालमा अर्का मेयर  केशव स्थापितले जीर्णोद्धार गराएका थिएभने अहिले वडाअध्यक्ष शुद्ध डङ्गोलले भत्कीएको भित्तो टालटुल गरेर रङ्गलागाई दिएको छ । स्थानीय बिष्णुभक्त श्रेष्ठले हामीलाई भने ।

ढुंगेधारामा जाडोमा तातो र गर्मीमा चिसो पानी आउँछ। लिच्छवी राजा मानदेवले इस्वी सम्बत् ५५० मा काठमाडौंको हाँडीगाउँमा पहिलो हिटी बनाएर पानी वितरण गरेको इतिहास छ। उनकी छोरी भारवीले पाटनको मंगलबजारमा इस्वी सम्बत् ५७० मा दोस्रो हिटी बनाएकी थिइन्। लिच्छवी राजाले हिटी बनाउन सुरु गरे पनि मल्लकालमा काठमाडौं र ललितपुरमा हिटी प्रणाली विस्तार भएको थियो। उपत्यकाको अन्तिम हिटी काठमाडौंको सुन्धारा हो भनिन्छ।