काठमाडौं । सरकारले विद्युत महशुलमा छुट दिने निर्णय गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार बजेट प्रस्तुत गर्दै मासिक १० युनिटसम्म विद्युत खपत गर्ने घरायसी उक्तभोक्तालाई विद्युत महशुल निःशुल्क गरिएको छ ।

यस्तै १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत छुट दिने निर्णय गरिएको छ भने २५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै खानेपानी र सिचाईका उपभोक्ताले तिर्नुपर्ने महशुल मिनाहा गर्दै आगामी दिनमा सहुलियत दिने निर्णय गरिएको छ । लकडाउन प्रभावित उद्योगहरुलाई लकडाउन अवधिभरको डिमाण्ड शुल्क मिनाहा गरिएको छ । त्यस्तै, विद्युत खपत कम हुने समयको महशुलमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको अर्थमन्त्री खतिवडाले सुनाए ।