दश वर्षे-शसस्त्र द्वन्दको बेला चितवनको माडीस्थित बाँदरमुढेमा घटाइएको पिडादायी बिस्फोटक घटनाको शुक्रबार १५ वर्ष पूरा भएको छ।
चितवनको बाँदरमुढेमा २०६३ साल जेठ २३ गते तत्कालिन माओवादी विद्रोहीले एक यात्रुवाहक बसलाई लक्षित गरी विस्फोट गराउँदा ३८ जनाको मृत्यु भएको थियो भने ७० जनाभन्दा बढी घाइते भएका थिए । सो घटनामा घाइते भएकाहरू मध्ये केही अहिले अङ्ग भङ्ग भएर जीवन जिउन वाध्य छन् ।
एसै सन्दर्भमा द्वन्द्व पीडित राष्ट्रिय संजालले एक प्रेस बक्तब्य जारी गर्दै घटनामा सम्लग्न दोषीहरुलाइ कारबाही गर्न प्रक्रिया अगाडि बढाउन माग गरेको छ।द्वन्द्व पीडित राष्ट्रिय संजालका अध्यक्ष गोपाल बहादुर शाहद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ। ´सत्यनिरूपण तथा मेलमिलाप आयोगको ऐन संसोधन नहुनु,स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्ने, पीडितलाई न्याय र क्षतिपूर्ति दिने भनीएको घटना आजसम्म कुनै पनि हिसाबले अनुसन्धान नहुनु, दोषीहरू पहिचान नहुनु र पीडितले न्याय नपाउनु दुःखद कुरा हो।’