गायक तथा संगीतकार शशिविक्रम थापाकाे “नालापानी दुख्याे साथी” भन्ने राष्ट्रिय गीत सार्वजनिक भएकाे छ । बहुप्रतिभाशाली थापाकाे नयाँ गीतलाइ  गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि.को प्रस्तुत गरेकाे हाे । जानकी वज्रचार्य को शव्द रचनामा थापाको स्वर रहेकाे समसामयिक गीतलाइ पुरुषोक्त न्यौपानेले संगीत भरेका छन् । राष्ट्रप्रेमले भरिएको गीत “नालापानी दुख्यो साथी कालापानी दुख्यो” लाइ च्छोरोल्पा टि.भी.ले सार्वजानिक गरिएको छ ।

काठमाडाैँमा वरिष्ठ नाट्यकर्मी एवं कलाकार मदनदास श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको गीत सार्वजनिक कार्यक्रममा शोभित उप्रेती, देवेन्द्र सिटौला,  रुद्र बहादुर खड्कासहित  कलकार प्रभाकरदेव शर्मा, चलचित्र निर्देशक माधव राज खरेल आदिकाे उपस्थिति रहेकाे थियाे ।

पछिल्ला समय नेपाली भूभागत कालापानी, लिपुलेख, लिम्पियाधुरासहित सुस्ता लगायतका क्षेत्रलाइ भारतले मिचेकाे विषय उठाइएकाे गीतलाइ विम्वात्मक म्युजिक भिडियाेसहित बजारमा ल्याइएकाे छ ।  म्युजिक भिडियाे सार्वजनिक गरिएकाे कार्यक्रममा गीत संगीतकाे प्रशंसा गरिएकाे थियाे । म्युजिक भिडियाेलाइ च्छोरोल्पा टि.भि.ले  यूटुव च्यानलमा राखेर सार्वजनिक गरेकाे । म्युजिक भिडियाेलाइ गायक शशिविक्रम थापाले नै निर्देशन गरेका छन् भने  गीतकार जानकी वज्रचार्य, वुद्ध श्रेष्ठ, वलराम कार्की, प्रकाश खत्री, विक्रम आचार्य, नवराज मैनाली लगायतको अभिनय गरेका छन्  ।

https://youtu.be/NqAOsVuYWkU