• सम्पादकीय

सरकार र पत्रकार दुवै बडाे गम्भीर र संवेदनशील क्षेत्र हाे । केही केही अपवादहरूलाइ छाड्ने हाे भने नेपालमा सरकारभन्दा पत्रकार संवेदनशील छ । यतिखेर सरकार तथा सरकार भएकाे पार्टीका महत्वपूर्ण नेताका निवास निवास पुगेर चुरीफुरी देखाइरहेकी चिनियाँ राजदुतकाे कार्यशैलीले सरकारलाइ निर्लज्ज बनाइरहेकाे छ । पार्टीकाे आन्तरिक समस्यामा पटकपटक विदेशी राजदुतकाे चलखेल नेकपाभित्र देखिनु नेपालकाे आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप सिवाय केही हैन ।

याे हस्तक्षेप विदेशीले गरेभन्दा पनि हामीले नै उनीहरूलाइ हस्तक्षेप गर भनेर निम्त्याएका पनि हाैँ । याे गम्भीर विषयका बारेमा नेपाली मुलधारे पत्रकारिताले खुलेर बिराेध दर्शाएकाे छ । यसरी बिराेध दर्शाउँदा नेपालका प्रम तथा उनका पार्टी मिडियासँग रूष्ट पनि छन् । आफ्नाे मात्र बखान सुन्न चाहने र अरूकाे गाली हेर्न चाहने नेपाली सत्ताले नेपाली मिडियालाइ सदैव हेय दृष्टिले हेर्ने गरेकाे छ । सत्ताकाे विरूद्ध लेख्ने सबै कलम र भावनालाइ प्रम ओलीले पटकपटक कटाक्ष गरेका छन्, कारबाही गर्ने धम्की दिएका छन् । आफ्नाे बारेमा लेखेन भनेर प्रम ओलीले घुर्की लगाएकामात्र छैनन् नलेख्नेलाइ प्रत्यक्ष पराेक्ष गाली नै गरेका छन् ।

यतिखेर भारतमा गाेदी मिडियाकाे चर्चा छ । माेदी सत्तामा आएपछि भएजति ठूला मिडिया किनेर आफ्नाे भजन गाउन लगाएपछि यसलाइ स्वतन्त्र पत्रकारहरूले गाेदी मिडियाकाे संज्ञा दिएका छन् । अहिले भारतकाे गाेदी मिडिया नेपालमा चिनिया राजदुतकाे डरलाग्दाे चलखेललाइ नेपालका प्रमसँग जाेडेर नानाभाँति समाचार बनाएर प्रशारण गरिरहेका छन् । आपत्तिजनक शैलीमा नेपालका प्रमलाइ नराम्राे मान्छे भनाउन गाेदी मिडिया सक्रिय छ । नेपाली मिडियाले गाेदी मिडियाकाे याे शैलीकाे बिराेध गरेका छन् तर नेपाल सरकारले अझै चुक्क गरेकाे छैन । भारतीय मिडियालाइ नेपाल प्रेश काउन्सिलले  बिराेधस्वरूप आफ्नाे मत पठाइसकेकाे छ । नेपालभरी भारतीय मिडियाकाे याे शैलीकाे खुलेर र शिष्टतापुर्वक बिराेध जनाइएकाे छ ।

प्रम ओलीले सँधै गाली गर्ने नेपाली मिडियाले धेरै हदसम्म आफूलाइ जिम्मवार  देखाउने गर्छ । लिपुलेकबाट मानसराेवर जाने बाटाे भारतले बनाइसक्दा नेपाल सरकारलाइ सुइँकाे सम्म थिएन । नेपाली मिडियाले नै याे जानकारी दिएकाे थियाे । यस्ता धेरै घटनाहरू छन् जसमा सरकारलाइसमेत नेपाली मिडियाले सुसूचित बनाएका छ । तर नेपालीकाे सत्ता गाेदी मिडिया चाहन्छ । सत्ता लुछाचुँडीमा निर्लज्जता प्रदर्शन गरिरहेकाे ओली सरकार आफूलाइ राम्राे भनाउन नेपालमा गाेदी मिडिया चाहन्छ । जति नराम्राे गरे पनि गुनगान गाउने मिडिया । गाेरखापत्रले सत्तालाइ पुगेकाे छैन । गाेरखपत्रजस्ता बिसाैँवटा मिडियाले निर्लज्जतालाइ राम्राे भनेर पृष्ठपाेषण गरेकाे हेर्न चाहन्छ ओली सत्ता ।

पत्रकारिता तथा मिडिया सदैव सत्ताकाे विपक्षमा वा सत्तालाइ चेक एन्ड ब्यालेन्स गर्ने स्वभावकाे हुनुपर्छ । सत्ताकाे तारिफ गर्न जबजब मिडियाकाे उपयाेग गरिन्छ तबतब याे गाेदी मिडिया बन्न पुग्छ । अहिलेसम्म नेपाली मिडिया गाेदी मिडिया बनेकाे छैन । नेपाली मिडियालाइ गाेदी मिडिया बन्न राेक्न आवश्यक छ । मिडिया तथा पत्रकारिता सत्तालाइ सँधै खबरदारी गर्ने हुनुपर्छ । नेपाली मिडिया चिनियाँ राजदुतकाे शक्तिशाली चुरीफुरीकाे पनि बिराेध गर्न सक्छ एवम् भारतीय मिडियामा नेपालका प्रमकाे बारेमा गरेकाे अनर्गल प्रचारकाे पनि बिराेध गर्छ । गाेदी मिडियाकाे बिराेध गराैँ, गाेदी मिडिया नबनाैँ ।

– केशव पाठक