• आकाश शर्मा

हाम्राे समाजमात्र हैन सिङ्गाे विश्वकाे ९५ प्रतिशत हिस्सा पुरूषप्रधान छ । पुरूषप्रधान समाज हुनुमा प्राकृतिकदेखि सांस्कृतिक, सामाजिक एवम् धार्मिकलगायत अन्य विविध कारणहरू हुनसक्छन् । फलतः महिलाहरू पिडीत बन्न पुगेका छन् । महिलाहरू सामाजिक, सांस्कृतिक,  धार्मिक, शैक्षिक एवम् राजनीतिकरूपमा पछाडि पर्ने देशहरुमा नेपालमा प्रतिभाशाली नै मानिन्छ ।  नेपाली समाजमा महिलाहरू माथी उठ्ने सम्भावना निकै ठूलाे जाेडबलले मात्र प्राप्त हुन्छ । महिलाहरुमा माथि उठ्ने सामान्य प्रयास पनि पुरूषलाइ चित्त नबुझ्न सक्छ । महिलाकाे माथि उठ्ने साना प्रयाससँगै उनकाे नैतिकतालगायत बिभिन्न आलाेचना पनि शुरू हुन्छ । त्यसमाथि राजनीतिमा त झनै महिलाहरूले चासाे दिनु, सक्रिय बन्नु अनि नेतृत्व लिन खाेज्नु भनेकाे त सिंगाे समाजलाइ के के न गरेकाे आकाश नै खसाए झैँ हुने गर्छ ।

तथापि केही महिलाहरू जाेसजाँगरसाथ राजनीति तथा सामाजिक जीवनमा सक्रिय छन् ।  लाेकाचारसँग जुधेर उनीहरूले गरिरहेकाे याे प्रयास भने आफैमा पुरूषकाे निगाहमा बन्धक नै छ । बुढानिलकण्ठ नगरपालिकामा केही निकै नै प्रतिभाशाली एवम् प्रतिभावान् महिला नेतृहरू देख्न पाइन्छ । तर उनीहरूकाे सक्रियता र सहभागिता पनि पुरूष नेताहरूकाे इशारामा केन्द्रित छ । यही बन्धक खाले राजनीतिक एवम् सामाजिक जीवनबाट ताेकिएर, फ्याकिएर एवम् काेटाजस्ताे गरेर केही पद एवम् स्थान उनीहरूले प्राप्त गरेका छन् । याे प्राप्ति सर्वथा कम एवम् अपुग छ ।

यतिखेर काँग्रेस महाधिवशेनकाे चर्चा छ । बुढानिलकण्ठ नगरकाे काँग्रेसवृत्तमा अधिवेशनकाे लहर उत्पन्न भैसकेकाे छ । तेर्हाैँ महाधिवेशनले गहिराएकाे गुटकाे घाउलाइ याे पाला कसरी सदाकाे अन्त्य गर्ने भनेर साेच्नेहरूमा पुरूषभन्दा महिला नेतृहरू धेरै देखिएका छन् । यद्यपि बुढानिलकण्ठ नगरमा पुरूषमा जति गुटगत बाछिटा महिला नेताहरूमा नपरेकाे भए पनि महिलाहरु आफै आफैमा भने खासै मिल्ती देखिएकाे पाइँदैन । महिला नेतृहरुकाे नारीसुलभ बेमेलले उनीहरूलाइ उकालाे लाग्नभन्दा ओरालाे झर्नतिर उक्साएकाे देखिन्छ । महिला नेतृ आफ्नै बेमेलका कारण सामानुपातिकरूपमा पाउनुपर्ने ३३ प्रतिशत हिस्सामा महिला सहभागितासमेत हुन सकेकाे देखिदैन । १३ औँ महाधिवेशनपछि महिला नेतृहरूबीच भएकाे बेमेललाइ १४ औँ मा जसरी अन्त्य गर्न पर्छ भन्ने खालकाे  मत अहिले बुढानिलकण्ठ नगरका महिला नेतृहरूमा देखिन थालेकाे छ ।

बुढानिलकण्ठ नगरपालिका काठमाडाैँ क्षेत्र नं ४ र ५ मा पर्दछ । धेरै जनसंख्या तथा भूगाेल क्षेत्र नं ४ पर्दछ । यस  नगरकाे राजनीतिमा गगन थापा हावी छन् । थापासँग क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठकाे वेमेलले बुढानिलकण्ठ आन्तरिक गुटग्रस्त छ । यही गुटकाे खेलमा महिला नेतृहरु पिल्सिएका देखिन्छ । महिला नेतृहरूकाे कसकाे मान्छे भन्दा काँग्रेसकाे बन्न चाहन्छन् तर दुइ नेताहरूकाे अनावश्यक वेमेलले महिला नेतृहरु दुखी मात्र छैनन् खारिन समेत पाएका छैनन् । राजनीति जतिखेर गगन र राजु मै सिमित हुँदा बाँकी अरू नेता नेतृले आफू कमजाेर भएकाे अनुभूति गर्न थालेका छन् । ठूला नेता भन्नेहरुकाे अधिवेशन केन्द्रित एवम् चुनाव केन्द्रित राजनीतिका कारण नेता बन्न क्षमता र चाहना राख्न चाहनेहरू कार्यकर्तामै सिमित भएका छन् ।

बुढानिलकण्ठ नगरमा गगन थापा र राजु श्रेष्ठपछिका नेताहरु एक सामानका छन् । उनीहरूले दिए पायाे, हैन भने चुप लाग्याे । यही स्वभावकाे शिकार महिला नेतृहरूमा देखिएकाे छ । क्षमता, दक्षताभन्दा पनि इच्छाशक्तिका अभावमा यस नगरका काँग्रेस नेतृहरु पछाडि परेका छन् । तथापि यस नगरमा पुरूष नेताहरूकाे तुलनामा महिलाहरू क्षमताकाे कसीमा अब्बल हुन सक्ने अनुमान पनि गर्न सकिन्छ ।

यस नगरमा नेविसंघमा रहेर केन्द्रिय उपाध्यक्ष भैसकेकी वडा नं ५ निवासी कृष्णकुमारी बस्नेतदेखि प्राध्यापन गरिरहेकी वडा नं १० निवासी मिना पराजुलीसम्मका बसाेबास रहेकाे छ । उनीहरू दुवै राजनीतिमा सक्रिय पनि छन् । त्यसैगरी क्षेत्रीय काेषाध्यक्ष रहेकी वडा नं १ निवासी कल्पना मल्ल ठकुरीसहित सरस्वती लामा, वडा नं २ की नारायणदेवी श्रेष्ठ सक्रिय राजनीतिका हकदार देखिन्छन् ।

क्षेत्रीय सहसचिव रहेकी वडा नं १० की रिता बुढाथाेकी, वरिष्ठ अधिवक्ता सुजन लाेप्चन, महिला संघकी तारा केसी, विद्या सुवेदी, तरूण नेतृ पवित्रा पाेखरेल कपनबाट पछिसम्मका लागि संभावना भएका महिला नेतृ हुन् । त्यस्तै वडा नं १२ बाट राजनीतिमा सक्रिय रहेका मन्जु खतिवडा, निर्मला दहाल तथा रिता पुरी,भावना खनाल,  वडा नं ११ बाट सक्रिय रहेका महिला संघकी शर्मिला गाैतम, वविता बुढाथाेकी, सिता निराैला, ललितादेवी गुरूङ तथा पार्वती अधिकारी राजनीतिकाे नयाँ मुकामकाे खाेजीमा छन् । वडा नं १३ बाट राजनीतिमा सक्रिय मनदेवी श्रेष्ठ तथा लाली श्रेष्ठ साथै वडा नं ३ की सावित्री खड्का, मैया तिमिल्सिना, वडा नं ५ मा सलिना परियार, वडा नं ४ की मन्जु नेपाली रम्तेललगायतका महिला नेतृ आउँदाे अधिवेशनमा आफूलाइ नयाँ उचाइ पाउन सक्रिय रहने देखिन्छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ बाट राजनीतिमा सक्रिय भूमिका खेलिरहेकी ज्ञानुमाया श्रेष्ठ, वडा नं ८ बाट सक्रिय रहेकी लक्ष्मी सिटाैला कार्की एवम् जया भण्डारीलाइ भविष्यमा राजनीतिकाे नेतृत्व लिन सक्ने नेतृकाे रूपमा लिइन्छ । यता वडा नं ६ मा उपमेयर उम्मेदवार भैसकेकी पुरानाे नेतृ शुभद्रा खड्कासहित गङ्गा सुनुवार एवम् वडा नं ७ की वास्ना ठकुरी पनि यस अधिवेशनमा आफूलाइ नेतृत्वकाे दावी गर्न सक्ने हैसियत राख्दछन् ।

उल्लेखित नामका अलावा अझै केही नामहरू नेपाली काँग्रेस वुढानिलकण्ठ नगरमा सक्रियरूपमा राजनीति तथा समाजसेव गरिरहेका छन् । यी नामहरू कुनै पनि अर्थमा यावत् पुरूष पात्रहरूभन्दा कुनै पनि काेणबाट कमजाेर मानिदैन । तथापि उनीहरूकाे राजनीति पुरूष निर्भर वा पर निर्भर देखिन्छ । पुरूष निर्भर हुने याे दायरालाइ बुढानिलकण्ठका महिला नेतृहरूले १४ औँ महाधिवशनमा ताेड्न सक्लान् ?