भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर पुरिए

सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट करिब ९ किमि पूर्व-उत्तरमा रहेको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर पुरिएका छन् ।

पहिरोमा पुरिँदा घरभित्रै रहेका केही व्यक्तिहरु बेपत्ता भएका छन् । स्थानीयबासीले पाँच जना बेपत्ता भएको सूचना दिएको गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाले बताइन् । घटना राति करिब साढे १ बजेको हो । प्रहरी घटनास्थलमा पुगेको छैन ।

गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले प्रहरीहरु घटनास्थल जाँदै गरेको र आफूहरु पनि केहीबेरमा घटनास्थल पुग्ने बताए । गाउँपालिका पश्चिम पानीढलॊ छ भने लेकमा भारी बर्षा हुने गर्दछ ।