• केशव पाठक

हरेक वर्ष साउन ६ गते विपि काेइरालाकाे जयन्ति मनाइन्छ । नेपाली काँग्रेस के हाे ? के हैन ? वा कति हाे ? भन्ने विषय अझै विपि काेइरालाकै मिथबाट निर्दृष्ट भएकाे देखिन्छ । यद्यपि विपिकाे साँवामा व्याजबिहिन भएर उभ्भिएकाे नेपाली काँग्रेस शेरबहादुर देउवाकाे नेतृत्वमा हम्मेहम्मे भएर देख्न पर्ने पुड्काे भैसकेकाे छ । कुनै बेला पार्टीकाे साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका शेरबहादुर देउवा अन्ततः पार्टीकै सभापति भएर राज गरिरहेका यी दिनमा नेपाली काँग्रेसकाे हुनुकाे भाव तथा नहुनुकाे अभाव दुवै नेपाली जनताले आजकाल अनुभूति गर्दैनन् ।

वर्तमानमा नेपाली काँग्रेसलाइ नेतृत्व गरिरहेका शेरबहादुर देउवालगायत यावत् पात्रहरू विश्रृङ्खित मानसिकताका धनी केपि ओलीकाे अगाडि गरूडकाे छायाँमा सर्पझैँ छटपटिइरहेकाे देखिन्छ । सत्तापक्षका यावत् कुनियतहरूमा देउवा तथा उनका सहधर्मीहरू माैन छन् ।  देउवा तथा उनका हितैषीलाइ पार्टीकाे जनाधार तथा जनप्रेमकाे खाँचाे देखिदैन । उनीहरूलाइ  आफ्नाहरू पाेजिसनमा पुग्नु वा पुर्याउनुनै राजनीतिकाे मानक भएकाे छ । नितान्त देउवाकाे आफ्नै अभिव्यक्ति र व्यवहारले गत निर्वाचनमा वामपुड्के भएकाे काँग्रेस साँढे दुइवर्षमा एकदिन पनि प्रमुख प्रतिपक्षी दलकाे हैसियतमा देखिएन । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेकाे देउवाले याे साँढे दुइवर्षमा एमसिसिकाे पक्षमा बाेल्नुबाहेक कुनै पनि काम गरेनन् ।

केपि ओलीकाे  साँढे दुइवर्षे सत्ता डुङडुङी गन्हाइरहेकाे बेला पनि देउवाकाे नेतृत्व याे विषयमा माैन छ । पर्याे भने ओलीकाे सत्ता बचाउन तयार रहेकाे मात्र हैन सत्ता साझेदार हुनसमेत तयार देखिन्छ । लाग्छ, ओलीसँग देउवाले नेपाली काँग्रेसलाइ उठ्नै नसक्ने गरी सकिदिन्छु भनेर सम्झाैतासमेत गरेका छन् । नेपाली काँग्रेसकाे राष्ट्रियस्तरमा मात्र नभै स्थानीयस्तरमासमेत पार्टीका गतिबिधि सून्य छन् । संगठन ध्वस्त सरह छ । गत स्थानीय र संघीय निर्वाचनमा भएका घात अन्तर्घातका कथाले आपसी द्वन्द्व यति बढेकाे छ कि देउवा स्यवम् भगवान भएर प्रकट भए पनि मिल्ने अबस्था छैन । गत चुनावहरुमा पैसाकाे पाेकाेमा टिकट बाँडेर हाेस् वा आफ्नाहरू नराम्रा भए पनि पदमा पुर्याउनै पर्छ भन्ने मानसिकतामा हाेस् भएका यावत् गल्तिहरूले गाउँगाउँमा काँग्रेसहरू आपसमा लडिरहेका छन् ।

देउवाकाे जगहसाँइ अविचलित एवम् अकन्टक सुचारू छ । उनी आफैले महाधिवेशनकाे मिति तय गरे, आगामी फागुन महिनाका लागि । महाधिवेशनकाे क्यालेन्डरसमेत  प्रकाशित भैसकेकाे छ । अब देउवाले शुरू गरेका छन् पार्टीका बिभिन्न बिभागमा भर्तीकाे खेल । अहिले हरेक दिन बिभिन्न बिभागमा सदस्यहरू भर्ना गरिएकाे खबर आइरहँदा देउवा आफैले तय गरेकाे महाधिवेशनकाे मितिप्रति उपहास गरिरहेकाे झैँ लाग्छ । असार मसान्तभित्र सक्नुपर्ने समायाेजनका काम अझै सकिएकाे छैन भने भर्खरमात्र क्रियाशील सदस्यहरूकाे फार्म गाउँगाउँ पुर्याउने तयारी भैरहेकाे छ । बिभिन्न बहानामा देउवा महाधिवेशनकाे मिति सार्ने दाउमा देखिएकाे काँग्रेसकै उनका विपक्षीहरूले बताइरहेका छन्  ।

अबकाे एकवर्षपछि देश अर्काे स्थानीय चुनावकाे सेराेफेराेमा पुग्छ । लाग्छ, सभापति देउवा अब आउने स्थानीय चुनावमा नेपाली काँग्रेसकाे हालत झनै गम्भीर बनाउन चाहन्छन् । जति छिटाे महाधिवेशन गर्याे तथा संगठनलाइ चलायमान गर्याे उती स्थानीयरूपमा नेता कार्यकर्तामा जाेस जाँगर भर्न सकिने कुरालाइ देउवा तथा उनका सहकर्मीले ध्यान दिन चाहिरहेझैँ देखिदैन ।

देउवामा राजनीतिक दरिद्रताकाे उच्चरूप देखिने मात्र हैन राजनीतिक नैतिकताकाे स्खलन पनि पटकपटक देखिने गरिएकाे छ । पार्टीभित्रका अर्काे पक्षलाइ उनी भित्तामा पुर्याउने जुनसुकै हतकण्डा अपनाउन तयार हुने गरेकाे देखिन्छ । यसरी लेखिरहँदा कताकता देउवाप्रति लक्षित भएर वदनाम गर्न खाेजिएकाे झैँ लाग्नसक्छ कुनै पक्षलाइ ।  तथापि पार्टी फुटाउने कामदेखि राजालाइ सत्ता हस्तान्तरणसम्मका नायक देउवा नेपाली राजनीतिमा सर्वाधिक गाली खाने व्यक्तित्व हुन् । देउवा ४ पटक प्रधानमन्त्री बनिसके । तर उनकाे कार्यकाल कतैबाट सम्झनलायक छैन बरू कार्यकाल बिर्सनयाेग्य नै छ । तथापि देउवा नेपाली काँग्रेसजस्ताे इतिहास भएकाे पार्टीकाे सभापति छन् । जुन पार्टीलाइ कुनै समय विपि काेइरालाले नेतृत्व गर्दथे । याे त्यही पार्टी हाे जुन गणेशमान सिंह र कृष्णप्रसाद भट्टराइका जीवनगाथामा वयस्क भएकाे थियाे ।

पछिल्लाे दशकमा नेपाली राजनीतिबाट कसैले सबैभन्दा धेरै जनताकाे चित्त दुखाएकाे छ भने त्याे नेपाली काँग्रेसले हाे । चाहे गणतन्त्र ल्याउने सबालमा हाेस्, धर्म निरपेक्षताकाे सबालमा हाेस् वा राजतन्त्रकाे सबालमा नेपाली काँग्रेसले प्रजातन्त्रकाे ठाडाे उपहास गरेकाे छ । यसमा तत्कालिन सभापति गिरिजाप्रसाद काेइरालकाे पनि भूमिका देखिएला तर माओवादीकाे टाउकाेकाे मुल्य ताेक्नेदेखि देशकाे चावी राजालाइ बुझाउनेसम्म भूमिका खेलेका देउवा यी यावत् परिस्थितिका रियल हिराे हुन् ।

नेपाली काँग्रेसलाइ ढिलाेचाँडाे हुने आगामी महाधिवेशनमा देउवामुक्त हुने अवसर प्राप्त हुँदैछ । दास मनाेवृत्ति गाँजिएकाे नेपाली काँग्रेसले याे अवसरलाइ सदुपयाेग गर्ला भन्दा नगर्ला कि भन्ने आशङ्का बढि छ । देउवालाइ चुनाैति दिनेहरूकाे हैसियत आफैमा बर्कतपूर्ण देखिदैन । निष्ठाकाे राजनीति नेपाली काँग्रेसमा किसुनजी र गणेशमानजीकाे अवसानसँगै सकिएकाे हाे । हाल नेकाकाे राजनीतिमा सक्रिय रहेकाे केही पात्रमा अझै निष्ठाकाे राजनीति देखिए पनि तिनले पद पाउने सम्भावना देखिदैन ।

विपिकाे जयन्तिकाे दिन यतिचाहिँ भन्नै पर्छ  नेपाली काँग्रेस देउवापथका कारण छरप्रस्ट छ । चाैधाैँ महाधिवेशनले याे पथबाट मुक्ति पाओस् ।