पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले बाह्रविसे नगरपालिका तथा भोटेकोशी गाउँपालिका आसपासमा आएको बाढीपहिरोको जोखिम तथा क्षतिको विषयमा आज नगरपालिकाका प्रमुख निम फुन्जो शेर्पा तथा उपप्रमुख सुशीला पाख्रिन सँग छलफल गरेका छन ।

बाह्रविसे नगरपालिका एवम भोटेकोशी नदी आसपासको जोखिम तथा विपत् व्यवस्थापन सम्बन्धमा दुई पालिका बीचमा छलफल भएको थियो । त्यस्तै पाँचपोखरी थाङपाल गाउँपालिका को तर्फबाट बाह्रविसे नगरपालिकाका बाढी पहिरो पीडितलाई सहयोगस्वरूप दुई लाख रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।

सहयोग प्रती नगर प्रमुख निम फुन्जो शेर्पा तथा उपप्रमुख सुशीला पाख्रिनले आभार प्रकट गरेका थिए । सहयोग हस्तान्तरण पश्च्यात अध्यक्ष टासी लामा तथा नगरप्रमुखले बाढीपहिरो पहिरो प्रभावित स्थलको निरिक्षण भ्रमण गरेका थिए । घटना स्थल निरिक्षणमा प्रेस संगठन नेपाल केन्द्रीय लेखाआयोग सदस्य आशिष गुरागाईं, प्रेस संगठन नेपाल उपत्यका प्रदेश सचिव बिष्णु आचार्य तथा सिन्धुपाल्चोक नेकपा जिल्ला सदस्य बिजय पौडेल लगायतको उपस्थिति थियो ।