देशभर चलिरहेको मनसुनका कारण बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपका कारण धेरै जनधनको क्षेती भइरहेको छ|बुढानिलकण्ठ नगरपालिकाका बिभिन्न क्षेत्रमा समेत बाढी पहिरोले क्षेती पुर्याएको छ|बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का बिभिन्न क्षेत्रमा समेत पहिरोले सार्बजनिक तथा निजि सम्पतिमा असर गर्नुको साथै बाटो समेत अबरुद्द भएको छ|
यसै सन्दर्भमा बाढी पहिरोका कारण भएको असर र क्षेतीको अनुगमन तथा अबलोकन गर्न काठमाडौं क्षेत्र नं ४ ख बाट निर्बाचित बागमती प्रदेशका सांसद कुसुम कुमार कार्कीले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को बिभिन्न प्रभावित क्षेत्रको भ्रमण गरेका छन्| पहिरो वाट प्रभावित ग्राम शिक्षा स्कुल, गैरी गाँउ सेतो गुम्बा क्षेत्र, प्रहरी तालिम केन्द्र नजिकैका क्षेत्रहरुको अबलोकन गर्दै कार्कीले आफ्नो सांसद बिकास कोषबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् |
अविरल बर्षाका कारण बिभिन्न ठाउँमा पहिरो खसेर बाटो अबरुद्द भएको हुँदा डोजर लगाएर पहिरो पन्छाउने काम भैरहेको र प्लाष्टिकले छोप्ने लगाएतका अल्पकालीन नियन्त्रणका उपाएहरु अपनाइएको वडाध्यक्ष राजु अधिकारीले जानकारी दिएका छन् |भूगोल पनि धेरै र विकटता पनि धेरै भएकाले एस वडामा बढी पहिरोको प्रभाव परेको अधिकारीको भनाइ छ |
अनुगमन भ्रमणको कार्यक्रममा सांसद कार्की तथा वडाध्यक्ष अधिकारीको अतिरिक्त नेकपाका जिल्ला नेता धुर्ब राज न्यौपाने ,वडा सदस्य बिनोद तामांग,स्थानीय जीवन राइ ,सन्तोष लुइटेल लगायत सहभागी थिए|