आशिष गुरागाई / काठमाडौँखबर :  बुढानिलकण्ठ नगरपालिकामा निर्माण हुन लागेको प्राविधिक  तालिम केन्द्रको आइतबार  शिलान्यास गरिएको छ । नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्रि पार्वत गुरुङ, नेपालकालागि कतारी राजदूतावासका काउन्सुलर खलिफा अहमद, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल र  स्थानीय वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले  संयुक्त रुपमा प्राविधिक तालिम केन्द्रको शिलान्यस गरेका हुन् ।

प्राविधिक तालिम केन्द्र निर्माण गर्नको लागि करिब ३ महिना अघि नै कतार च्यारिटी र नेपाल सरकार समाज कल्याण परिषद बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

आइतबार  शिलान्यास भएपछि औपचारिक रुपमा प्राविधिक  तालिम केन्द्रको  काम सुरु भएको कतार च्यारिटीका सिभिल इन्जिनियर  अमिर फैसलले  बताए । निर्माण कार्यको रेख देख भने  हिल नेपल नामक गैर सरकारी समस्थाले गर्ने छ ।

प्राविधिक तालिम केन्द्र बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ मा निर्माण हुन् लागेको हो । तालिम केन्द्र  निर्माणमा कतारच्यारिटीको  आर्थिक र प्राविधिक सहयोग हुने छ । समाज कल्याण परिषद र कतारच्यारिटीबीच भएको सम्झौता अनुसार हिल नेपाल नामक  संस्थाले अबको  ५ महिनामा तालिम केन्द्र निर्माण सम्पन्न गर्ने छ । आवश्यक अनुगमन गरि कतार च्यारिटीले १ महिना पछी   नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ ।

प्राविधिक तालिम केन्द्र निर्माणको लागत करिब १ करोड १२ लाख  लाख रुपैयाँ रहेको छ । निर्माण कार्य सुरु गरेको ६ महिनामा तालिम केन्द्र निर्माण सम्पन्न गरिने  कतार च्यारिटीले बताएको छ । तालिम केन्द्र आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको हुने छ ।

कतार च्यारिटीले बिगत ३ वर्ष  देखि सुनसरी सर्लाही रौतहट रुपन्देही कपिल बस्तु बाके जिल्लामा एकल महिला तथा आवास बिहिनहरुको लागि सार्वजनिक भवन निर्माण गर्दै आएको थियो । च्यारिटीको कार्यक्रम  काठमाडौँमा भने यो पहिलो हो ।यस कार्यक्रमको सफलता हेरी काठमाडौँ थप रणनीति बनाउने च्यारिटीले बतायो ।

कतार च्यारिटीले नेपाल सरकारलाई गरेको सहयोग प्रति मन्त्रि पार्वत  गुरुङले धन्यवाद दिएका थिए ।

 कतारच्यारिटीको  अनुदान सहयोगमा निर्माण हुन लागेको यो परियोजना नगरकै पहिलो हो । बुढानिलकण्ठ नगरपालिका  र करात सरकार  बीच प्राविधिक तालिम केन्द्रले सुमधुर सम्बन्ध थपेको नगर प्रमुख उद्धवप्रसाद खरेलले बताए ।

यसै गरि नेपालकालागि कतारी राजदूतावासका काउन्सुलर खलिफा अहमदले कतार निर्माण गर्न नेपाली श्रमिकहरुको ठुलो योगदान गरेको भन्दै आफ्नो  सरकारको तर्फबाट  नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्ता व्यक्तगरेका थिए ।

प्राविधिक तालिम केन्द्र ४१९ वर्गमिटर  क्षेत्रफलमा निर्माण हुने छ ।कतार च्यारिटीलाइ  संरचना निर्माणका गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले  जमिन उपलब्ध गराएको हो ।

कार्यक्रममा करात सरकारको सहयोग बुढानिलकण्ठ नगरपालिकामा ल्याइदिएकोमा हिल नेपाल संस्थालाई  गैर सरकारी संस्था महासंघ काठमाडौँ शाखा अध्यक्ष प्रदिप डङ्गोलले धन्यवाद दिएका थिए ।