नेपाली काँग्रेस क्षेत्र नं ४ ले क्रियाशील सदस्यता पत्र वितरण तथा नविकरण फारम वितरण शुरू गरेकाे छ । क्षेत्रीय सभापति राजु श्रेष्ठले स्वतन्त्रता सेनानी तथा जिउँदाे सहिद ताल्चा भण्डेललाइ सदस्यता पत्र एवम् नविकरण फारम दिँदै सदस्यता पत्र तथा नविकरण फारम वितरण सुरू गरेका हुन् ।

०७ साल अघि राणाकालमा नेपाली काँग्रेसले गरेकाे सशस्त्र विद्राेहमा सहभागि लक्ष्मीप्रसाद ताल्चा भण्डेललाइ क्रियाशील सदस्यता र तथा फारम दिँदै क्षेत्र नं ४ सभापति राजु श्रेष्ठले आजैदेखि आफ्नाे निर्वाचन क्षेत्रमा क्रियाशील पत्र तथा नविकरण फारम वितरण शुरू भएकाे बताए । काँग्रेसलाइ मजबुत बनाउन क्रियाशील सदस्यहरुकाे क्रियाशिलता तथा उनीहरूकाे याेगदान महत्वपूर्ण हुने भन्दै  सभापति राजु श्रेष्ठले नेकालाइ मजबुत बनाउन क्रियाशिल सदस्यकाे सबैभन्दा महत्वपूर्ण भूमिका हुने बताए ।

क्रियाशील सदस्य वितरण कार्यक्रम शुरूवात गर्ने क्रममा चावहित मैजुबहालस्थित भण्डेल निवासमा सभापति श्रेष्ठसँगै वागमती प्रदेश नेका प्रमुख सचेतक राधा घले, नेका महिला विभाग सदस्य अनार बस्नेत, स्वतन्त्रता सेनानी परिवारकी नेतृ कमला शर्मा राइ, सहिद परिवारका सदस्य मेहन्द्र तथ मिना पराजुली, नेका काठमाडाैँ क्षेत्र नं ४ प्रदेश १ सभापति प्रेम क्षेत्रीसहित डेढ दर्जन अगुवा कार्यकर्ताहरू पुगेका थिए ।

क्रियाशिल् सदस्यता तथा नविरकण फारम दिन क्षेत्रीय सभापतिसहितकाे टाेलि घरमै आएकाेमा खुशी व्यक्त गर्दै जिउँदा सहिद लक्ष्मीप्रसाद ताल्चा भण्डेलले सबै काँग्रेसहरू एक भएर आउँदाे महाधिवेशनमा जनतालाइ सकारात्मक सन्देश दिनु पर्ने बताए । एकपटक नेपाली काँग्रेसकाे बहुमतकाे सरकार हेर्न चाहेकाे बताउँदै ९० वर्षीय भण्डेलले अनुशासनहीनता र भ्रष्टाचारी आचारणले गर्दा नेका कमजाेर भएकाे बताए ।

साेही कार्यक्रममा क्षेत्र नं ४ सभापति राजु श्रेष्ठले स्वतन्त्रता सेनानी एवम् जिउँदा सहिद लक्ष्मीप्रसाद ताल्चा भण्डेलका जीवनमा सबै कथाहरूलाइ संकलन गरेर सुरक्षित राख्ने काम पनि सुरू गरिएकाे बताएका थिए ।