नेशनल हाइड्रो पावर द्धारा प्रबर्दित इन्द्रावती तेश्रो जलबिद्युत आयोजनाको ड्याम साइडमा गएको भिषण पहिरो फोटो साभार :रेडियो मेलाम्ची

मेलम्ची बजार भन्दा करिब ७ किलोमिटर माथी पाँचपोखरी थाङपाल गाउँपालिका ८ मा रहेको तिपेनी बजारमा भिषण पहिरोकोजादाँ मेलम्ची भोताङ्ग सडक अवरुद्ध भएको छ ।

पहिरो बिहान २ बजे खसेको स्थानीयवासीले बताए । पहिरो खस्दा इन्द्रावती तेश्रो जलबिद्युत आयोजनाको ड्याम साइडमा क्षति भएको छ । ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको सुरुङ मार्गको मुख्य गेट पुरिएको छ ।

पहिरोले तिपेनीबजार तथा पहिरो माथिको मानब बस्तीका बासिन्दा त्रसित छन् । पहिरोको कारण सवारी साधन तथा मानिसहरुको आवतजावत समेत बन्द भएको छ । उक्त स्थानमा बैकल्पिक बाटो समेत नहुँदा सयौँ मानिस बिचबाटोमै अलपत्र परेका छन् ।

पहिरोको कारण अलपत्र मानिसको उद्धार तथा अबरुद्ध बाटो खुलाउन तत्काल लागि पर्ने पाँचपोखरी थाङपाल गाउँपालिकाकाअध्यक्ष टासि लामाले बताए ।