देशकाे पुरानाे तथा प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस १४ औँ महाधिवेशनकाे बिभिन्न प्रकृयामा व्यस्त छ । इकाइहरूमा सदस्य समायाेजनपश्चात क्रियाशिल सदस्यहरूकाे नविकरण फारम वितरण गर्ने प्रकृया चलिरहँदा गुटगत समिकरणका बिभिन्न चलखेल पनि देखिन थालेकाे छ । केन्द्रमा पार्टी सभापति देउवा तथा पूर्व संस्थापन पक्ष आफ्नाे गुटलाइ कसरी सबल बनाउन र कसलाइ उम्मेदवारी दिने भन्ने आन्तरिक गृहकार्यमा देखिन्छ । गुटभित्रका उपगुट पनि आफूलाइ कसरी शक्तशाली बनाउने बारे सक्रिय छ ।

काठमाडाैँमा प्रकाशमान सिंह र गगन थापाकाे गुट आफूलाइ अब्बल बनाउन जुटिरहेकाे छ भने यी दुइ नै मिलेर महाधिवेशनमा जाने कुराले पनि बजार तातेकाे छ । सिंह र थापाका नाममा क्षेत्र तथा इकाइहरूमा गुटगत भेला एवम् भेटघाट तातेकाे छ । काठमाडाैँमा आफ्नाे पकड बनाउन लामाे प्रयास गरिरहेकेा देउवा गुट पनि आफूलाइ अब्बल बनाउन तल्लिन छ । यद्यपि देउवा गुटलाइ काठमाडाैँमा असल नेताकाे अझै खाँचाे देखिएकाे बताइन्छ ।

काँग्रेसकाे राजनीतिमा विशेष उपस्थिति बनाएका युवा नेता गगन थापाकाे चुनावी एवम् निवास रहेकेा क्षेत्रमा राजनीतिकाे बिभिन्न प्रकृयाहरू चलिरहेकाे छ । काठमाडाैँ क्षेत्र नं ४ मा सभापति राजु श्रेष्ठ कृयाशिल सदस्यता बाँड्न व्यस्त छन् । हरेक इकाइमा पुगेर श्रेष्ठले कृयाशिल सदस्यता बाँड्नुकाे साथै नविकरण फारम वितरण गरिरहेका छन् । राष्ट्रिय राजनीतिमै व्यस्त रहेकाे गगन थापाले यतिछिटै क्षेत्रीय राजनीतिमा आफूलाइ व्यस्त बनाउन सक्रिय देखिदैन तर उनका मान्छेहरूकाे भने दाैडधुप चलिरहेकाे छ ।

१३ औँ महाधिवेशनमा थापा पक्षीय उम्मेदवारले चुनाव हारेर देउवा पक्षीय राजु श्रेष्ठले सभापति जितेका थिए । आफ्नाे चुनावी क्षेत्रमा आफ्ना उम्मेदवारले सभापति नजित्दाकाे परिणाम थापाले किस्ताबन्दीमा पाइरहेका छन् । तेर्हाेँ महाधिवेशनकाे त्याे अदृष्य पीडालाइ थापा चाैधाैँमा पूर्ति गर्न चाहन्छन् भने वर्तमान सभापति राजु श्रेष्ठ पुनः एकपटक सभापति बन्न लालयित देखिन्छन् । सभापति श्रेष्ठले आफ्नाे सक्रियता देखाउन थालेका छन् ।

नेता गगन थापाका संभावित क्षेत्रीय सभापति उम्मेदवारकाे बारेमा  ‘मैँ हु गगनकाे उम्मेदवार” भन्ने केही पात्रहरू बजारमा देखिए पनि थापाले श्यामकृष्ण सङ्गत तथा विनाेद चालिसेमध्ये एकलाइ समर्थन गर्ने सम्भावना देखिन्छ । यी दुवैले आफ्नाे सक्रियता देखाइरहेका छन् । तथापि गगन थापा निकट मानिने क्षेत्रीय सचिवसमेत रहेका विनाेद चालिसे आफ्नाे वडामा भएकाे क्रियाशील वितरण कार्यक्रममा क्षेत्रीय सभापति राजु श्रेष्ठ आएका कारण अनुपस्थित हुनुलाइ धेरैले अपरिपक्व राजनीतिकाे संज्ञा दिएका छन् । तेर्हाेँ महाधिवेशनमा क्षेत्रीय सभापतिकाे उम्मेदवार भनेर चर्चा गरेर अन्त्यमा सदस्यमा ठिङ्गुराइएका श्यामकृष्ण सङ्गतलाइ यसपाला गगन थापाले सभापति बनाउने हल्ला चुलिएकाे छ । हाल सभापति रहेका राजु श्रेष्ठसहित सङ्गत र चालिसेबाहेक अरू पनि केही पात्रहरू सभापतिकाे रेसमा आफू रहेकाे बताइरहेका छन् ।

उल्लेखित नामहरुका धेरै विवाद भैरहे वा केही समस्या आएमा फेरी एकपटक पूर्व क्षेत्रीय सभापति एवम् वागमती प्रदेश सांसद न्हुच्छेनारायण श्रेष्ठ वा पशुपति क्षेत्र विकास समितिकाे पूर्व काेषाध्यक्ष एवम् वागमती प्रदेश सांसद नराेत्तम वैद्यमध्ये एकलाइ क्षेत्रीय सभापति बनाइने सम्भावना पनि रहेकाे छ ।

बुढानिलकण्ठ नगरमा काे हाेला सभापति

ठूलाे जनसंख्या रहेकाे बुढानिलकण्ठ नगरपालिकामा चाैधाैँ महाधिवेशनबाट नेपाली काँग्रेसकाे नेतृत्व कस्ताे रहला भन्ने चासाे बढेकाे छ । नगर सभापतिका लागि हालसम्म दुइमात्र नाम चर्चामा रहेकाे छ गाेकर्ण केसी र राजाराम बुढाथाेकी । दुवैजनाले आफूलाइ प्रकाशमान निकट भने पनि यी दुइमध्ये काे हुनेबारे गगन थापाले कसलाइ सघाउँछन् उ सभापति बन्ने देखिन्छ । राजु श्रेष्ठले नगरसभापतिमा कसलाइ दाउ खेल्ने सुनिश्चित नभए पनि तरूण दल नगर सभापति राजुविक्रम थापा श्रेष्ठकाे राेजाइमा रहेकाे बताइन्छ ।

बुढानिलकण्ठ नगरपालिका काठमाडाैँकाे दुइवटा निर्वाचन क्षेत्रमा विभक्त भएकाले नगरसभापति क्षेत्र नं ४ ले पाए क्षेत्र नं ५ ले पाउने छ । त्यसैले नगरमा काे सचिव बन्ला भन्ने चर्चा पनि चलिरहेकाे छ । सचिव पदका लागि दावी गरिरहेका पात्रमध्ये वडा नं ५ का बिजेन्द्र पुडासैनी चर्चामा छन् । क्षेत्र नं ५ काे राजनीतिमा आकर्षक चेहरा बनिरहेका पुडासैनीले नगर वा क्षेत्र कुनलाइ राेज्ने भन्ने खुलेकाे छैन ।

महिला नेतृ अझै चर्चाभन्दा बाहिर

काठमाडाैँ क्षेत्र नं ४ काे राजनीतिमा सकृयता देखाउनहरूमा पुरूषभन्दा महिला नै अघिल्लाे पङ्तिमा देखिन्छन् । उपस्थिति एवम् गतिबिधि हेर्दा महिला नेता तथा कार्यकर्तामा गुटगत चेतभन्दा पनि पार्टीगत चेत धेरै देखिन्छ । फलतः महिला नेतृहरू अझै सभापतिका लागि दावी गर्ने अबस्थामा देखिदैनन् । नेताहरूले जे कृपा गर्छन् त्यहि मै रमाउने प्रवृत्तिमा यस क्षेत्रका महिला नेतृ शान्त देखिन्छन् । क्षेत्रीय तथा नगरसभापति मात्र हैन इकाइ सभापतिमा समेत महिला दावी भएकाे देखिदैन । महिलालाइ नेतृत्वमा ल्याउने कुनै याेजना भएकाे समेत देखिदैन । महिला नेतृहरुमा रहेकाे आपसी वेमेल पनि महिला नेतृ अगाडि बढ्न नसक्नुकाे कारण मानिन्छ । महिललाइ काेटामा थन्क्याउनु नियत तथा महिलाहरुकाे आपसी वेमलले नेका चाैँधाैँ महाधिवेशनलाइ पनि साथ दिने देखिन्छ ।