– आकाश शर्मा


हाम्राेमा नेताका काम नै तमासा गर्ने हाे । तमासाका भिन्न भिन्न रंग हुन्छन् । हरेक दिन यस्ता तमासाका बिभिन्न पाेकाहरू फुकिरहेका हुन्छन् । यति तमासा हुन्छ कि जनता कहिलेकाँही ती तमासालाइ यादसम्म गर्न भ्याउँदैनन् । त्यसाे त जनता नै कति छन् र यहाँ । सब यिनै नेताहरूका दासहरू त हुन् । जसलाइ नेताकाे पाद पनि मगमगाउँछ । जनता भनिने यी दासहरू आफै नेतालाइ तमासा गर्न उक्साउँछन् । आफ्ना नेताका तमासा देखेर दंग हुन्छन् , भावविभाेर हुन्छन्, आनन्दले निदाउँछन् ।

यस्ता तमासा भनिसाध्य वा लेखिसाध्य छैन । यस्तैमा नेपाली काँग्रेसका उच्च भविष्य भएका युवा नेता गगन थापाले एक तमासा गरेका छन् । याे आलेख उनैमा समर्पित छ । त्यसाे त थापा नेपालमा तमासा जनकमध्ये एक हुन् । तमासा गर्न नजाने नेता बनेर टिकिरहन पनि नसकिँदाे हाे कि । नत्र गगन थापा जत्तिकाे मानिसले आफूलाइ राम्राे देखाउन तमासा गरेर नराम्राे बन्नु पर्दैनथ्याे हेाला । तर तमासा पनि एकखाले कुलत हुँदाे हाे । तसमा गरेन भने के गरेकाे के नगरेकाे जस्ताे भैहाल्ने हुँदाे हाे । अनि कहिलेकाँही साेचिबिचारी, कहिले नसाेचिकन, कहिले लहैलहैमा नेताहरू तमासा गर्न उद्यत हुन्छन् हाेला । थापाकाे सबालमा यही भएकाे हुनसक्छ ।

काेराेनाकाे कहरले देशलाइ खान थालेकाे ५ महिना हुन लाग्याे । लकडाउन नै भयाे ३ महिना त । त्याे ३ महिना जनता स्वास्थ्य सामाग्रीकाे चरम अभावमा ग्रसित भएका थिए । एक भाँडाे स्यानिटाइजर पाउँदा संसार नै जितेजस्ताे हुन्थ्याे । एउटा सर्जिकल मास्क पाउँदा संसार जितेजस्ताे । अभावै अभावबीच लकडाउन सक्कियाे । देशभर घरेलु वा कुटिर उद्याेगकाे रूपमा मास्क बनाउने काम सुरू भयाे । सस्ता मास्कहरू विदेशबाट टनकाटन आयात भए ।   काठमाडाैँमै दुइ दर्जनभन्दा धेरै मास्क कम्पनी खुले । यतिखेर चियापसलदेखि जुत्ता पसलसम्म मास्क पाइन्छ । सर्जिकल भनिने ग्रेड हिन मास्क ८ देखि १० रुँपैयामा जताततै पाइन्छ ।

यसरी मास्क छ्यास्छ्यास्ती पाउन थालेपछि युवा नेता गगन थापालाइ मास्क बाँड्ने रहर चलेछ । हरेक परिवारलाइ १० वटा मास्क दिने भनेर आइडियाे फुरेछ थापालाइ । थापालाइ फुर्याे कि उनका युवा सल्लाहकार दस्तालाइ फुर्याे तर एउटा सस्ताे तमासा फुर्याे । सय रुप्येकाे तमासा । काेराेनाकाे नाममा लकडाउन हुँदा चुपचाप झैँ देखिएका काठमाडाैँ क्षेत्र नं ४ का यी सांसदका कार्यकर्ता कम दासहरू फेशबुकमा थापाकाे जयजयकार गर्दै खुद्रा मूल्य सय रुप्ये पर्ने सस्ताे मास्ककाे बिटाे देखाइरहेका छन् ।

गगन थापाका कार्यकर्ताकाे याे दासत्वपूर्ण फेशबुके प्रचारले  कतै थापालाइ नै गिज्याइरहेँझै लाग्छ । यही मास्क अहिले सुरक्षित राखेर निकट भविष्यमा हुनसक्ने लकडाउनपछिलाइ वितरण गरेकाे भए पनि कतै सकारात्मक सन्देश दिँदाे हाे । यी युवा नेताका युवा सल्लाहकारहरूलाइ याे कुरा भनिदिने पनि काेही छैन । यतिखेर काेकाेहाेलाे गरेर मास्क वितरण गर्न जम्जमाएर थापाका गणहरू खुट्टा उच्चालिएका छन् । मानाैँ संसार नै किनेर गगन थापाले बाँडिरहेकाे जस्ताे ।

थापाजत्तिकाे तुलनात्मकरूपमा सुझबुझ भएकाे भनिने उच्च सम्भावना भएका नेताले सय रुप्येवाला तमासा किन गरे हाेलान् । बल्लबल्ल आफ्ना सांसद तथा नेता घरघर आए तर १०० रूप्ये लिएर !  चियापसलदेखि पानपसलसम्म १० रुप्येमा छ्यासछ्यास्ती सस्ता मास्क पाउन थालेपछि त्यही वा त्याेभन्दा सस्ता मास्क बाँड्ने सल्लाह गगन थापालाइ दिने काे हाेला ? राजनीतिमा भिन्न भिन्न स्टण्ट गरेर चर्चामा तथा फाइदमा रहने थापा कहिलेकाँही भने यसरी खुस्किन्छन् ।