साहित्यकार वियाेगी बुढाथाेकीकाे सम्पादन तथा प्रकाशनमा विगत २५ वर्षदेखि प्रकाशित भैरहेकाे शिवपुरी सन्देश साहित्यिक त्रैमाशिक पत्रिकाकाे ८८ औँ अंक विमाेचन भएकाे छ । बुढानिलकण्ठ नगरपालिकामा बसाेबास गर्ने स्रष्टा साहित्यकारकाे परिचय एवम् रचनासहित प्रकाशित नयाँ अंक एक विशेष समाराेहका साथ विमाेचन गरिएकाे हाे । बुढानिलकण्ठ नगरपालिकाकाे सभाहलमा भएकाे विमाेचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगत उपाध्याय प्रेक्षितसहित बिभिन्न व्यक्तिद्वारा सामुहिकरूपमा शिवपुरी सन्देशकाे बुढानिलकण्ठ नगरपालिका क्षेत्रका स्रष्टा विशेषाङ्क विमाेचित गरिएकाे थियाे ।

नगरपालिकाका नगरप्रमुख उद्धव खरेलकाे सभापतित्वमा भएकाे विमाेचन कार्यक्रममा प्रकाशक तथा सम्पादक वियाेगी बुढाथाेकीले बुढानिलकण्ठका स्रष्टा अंक प्रकाशनका क्रममा आफूले भाेगेका अनुभव साँटेका थिए । बुढाथाेकीले बुढानिलकण्ठमा सृजनाबाटिका बनाउने कुरालाइ नगरपालिकाले छिटाे कार्यान्वयनमा ल्याउन आग्रह गरेका थिए । कार्यक्रमलाइ सम्बाेधन गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगत उपाध्यक्ष प्रेक्षितले वियाेगी बुढाथाेकीकाे गरेकाे प्रयास अत्यन्त सरहानिय बताएका थिए । प्रस्तावित सृजनाबाटिका स्थापना गर्न नेपाल प्रज्ञा प्रतिष्ठानले सहयाेग गर्ने बताउँदै सदस्यसचिव उपाध्यायले शिवपुरी क्षेत्र स्रष्टाहरूकाे तपाेभूमि भएकाे बताए ।

कार्यक्रममा बुढानिलकण्ठका स्रष्टा अंकमा समाविष्ट दुइ दर्जन स्रष्टा साहित्यकारहरू उपस्थित थिए । कार्यक्रमका सभापति नगरप्रमुख उद्धव खरेलले वियाेगी बुढाथाेकीकाे प्रयासमा निस्किएकाे स्रष्टा अंकले सृजना बाटिका निर्माणमा हाैसला मिलेकाे उनले बताए । सृजना बाटिका बनाउन बजेट छुट्याइएकाे बताउँदै खरेलले एक महिनाभित्रमा सृजनाबाटिकाकाे जग्गा टुङ्गाे लगाउने खरेलले बताए ।