बूढानीलकण्ठ क्षेत्रबाट प्रधानमन्त्री ओलीलाई कारबाही गर्न सार्प सूटर आउँदै भनेर सामाजिक संजालमा लेख्ने  व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर अफवाह फैलाउने सुनील शर्मा पक्राउ परेका हुन्। आफूलाई पत्रकार भन्नेर चिनाउने शर्मालाई काठमाडौंबाट प्रहरीले बिहीबार पक्राउ गरेको महानगरी प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

एसएसपी श्यामलाल ज्ञवालीले भने, ‘सामाजिक सञ्जालमा अफवाह फैलाउने विराटनगरका सुनील शर्मालाई हामीले पक्राउ गरेका छौं।’

नेपाल र भारतबीच सीमा विवाद भइरहेका बेला शर्माले ‘प्रधानमन्त्री ओलीलाई जवाफी कारबाही गर्न भारतबाट सार्प सूटर आउने’ भनेर फेसबुकमा लेखेका थिए। यसपछि प्रहरीले उनको खोजी गरिरहेको थियो।