• आशिष गुरागाइँ

काठमाडाैँ जिल्लाकाे एक प्रमुख सांस्कृतिक नगर हाे टाेखा । टाेखाकाे नामबाट अहिले एक स्थानीय निकाय रहेकाे छ टाेखा नगरपालिका । राजनीतिकरूपमा यस नगरमा मेयरकाे मात्र हालिमुहाली सम्भव छैन । नगर नेकपाकाे भए पनि नगरसभा सदस्यमा काँग्रेसकाे बाेली बाेक्ने अबस्था हुँदा  टोखा नगरपालिकामा नगर सभा जब सुरुहुन्छ तब  विरोधकोलहर सुरु हुन्छ ।

यसकाे अर्थ नगरमा चनाखो प्रतिपक्षहुँदा नगरका अधिकांश सानातिनाकुरा पनि छलफल नगरी काम गर्न सकिने अवस्थामा छैन ।  यसले सर्सर्ति हेर्दा नीति तथा कार्यक्रम बनाउँदा समस्या हुने जस्ताे देखिन्छ । तर  कार्यक्रम कार्यान्वयन पक्षलाई भने सफलता मिलेको नगरका प्रशासक प्रदीप पौडेल बताउँछन । केही समय बूढानिलकण्ठ नगरपालिकामा काम गरेर टाेखा नगरपालिका पुगेका पाैडेलकाे निवास पनि  टाेखा नगरपालिका नै हाे ।

पाैडेलले कार्यकाल सम्हालेकाे केहिसमय अलमल्ल परेको उनी बताउँछन् । पाैडेल जत्तिकाे मानिस यसरी अलमल्ल पर्नुको कारण चाहिँ आफू आउनु पूर्व यहाँका प्रशासक कार्यकक्षबाट नै अख्तियारको काठघरामा पुग्नु  र त्यसबाट जनसामान्यहरुको नजरमा  नगर प्रशासनको छवी धमिलो एवम् अमिलाे बन्नु थियो । “यस्तो अवस्थामा जस्तोसुकै प्रशासन प्रमुख भए पनि अलमलिन्छन् । तर, मलाइ भने बूढानिलकण्ठ नगरपालिकाको अनुभवले यहाँ काम गर्न सजिलो भयो त्यहाँ पनि लग भाग कर्मचारीहरुको मनोदसा यहाँको जस्तै थियो” पाैडेल भने ।

“कर्मचारी पनि मानव हो, सबैको व्यवहार समान हुँदैन कसैले राम्रो कार्यसम्पादन गर्छन कसैले गर्दैन सबैभन्दा ठुलोकुरा  आत्मा सामानको विषय हो”, पाैडेल थप्छन्, । केहि कर्मचारीका बदमासीले सबै कर्मचारीमाथि उठने औलालाई कम गर्नु र कर्मचारीकीको मनोबल बढाउन प्रशासकको हैसियतले  उनले  तालिम संचालन गरेर भने पनि  कर्मचारीहरुलाई आफ्नो कार्य सम्पादनमा आइपर्ने समस्या र समाधान गर्न बल मिल्ने प्रयास गरे ।

प्रदिप पाैडेल भन्छन्, “टाेखा नगरपालिकामा अहिले विवाद छ त मात्र राजनीतिक विवाद छ । तर राजनीतिक विवाद समाधान गर्न यहाँ मेयरसाब र उहाँभन्दामाथि संघ तथा प्रदेस सदस्यहरु हुनुहुन्छ । हामी कर्मचारीकाे काम दैनिक प्रशासन चलाउने र नीतिनिर्माण गर्दा कानुन सम्बद्ध छ कि छैन भनेर सुझावहरु दिने नै हो ।”

पाैडेल अगाडि भन्छन्,  “प्रशासनबाट सम्पादन हुने एवम् भएका काम १०० प्रतिशतनै राम्रो छ भनेर म भन्दिन तर मैले प्रशासककाे जिम्मेवारी सम्हालेपछि पहिलाभन्दा ३५ प्रतिशत सेवाको गुणस्तर भने  सुधारेको छु ।” “दिनको काम छिनमै” भन्ने  नगरपालिकाको नारालाई कर्मचारी प्रशासनले आत्मसात गरेको उनी बताउछन् ।

आफूले आत्मसात गरेकाे विषयमा कति परिणाम  निस्किएकाे छ वा जनविश्वास कति बढ्याे भन्ने बारेमा पनि पाैडेल सचेत छन् । उनी भन्छन्, “कतिपय कामको कानुनी परीक्षण गर्नुपर्ने हुन्छ ।  जस्तै, कुनै एउटा विकास निर्माण भयो तर अनुगम प्रतिवेदन बनेकाे छैन ।  तर फिल्डमा त्यो निर्माण बनेको छ अनि स्थानीयवासी फाइल बोकेर आउनुहुन्छ भुक्तानी पाउँ भन्नुहुन्छ त्यस्तो अवस्थामा हामीलाई गारो हुन्छ । यस्तो समस्यामा स्थानीयवासीहरुको विकास गर्ने चाहनालाई सम्मान त गर्न सकिन्छ तर प्रक्रियामा त्रुटी हुँदा हप्ताैँ पनि लाग्छ ।”  तर, कामको सिलसिलामा सामान्य मानवीय त्रुटी भएका काम र प्रक्रिया पुराभएका काम भने नरोकिएको दावी उनी गर्छन्  ।

तपाइले भनेजस्तो दिनको काम छिनमै सम्पादन गर्नचाहिँ केगर्नु पर्ला ? उनी भन्छन्,  “प्रविधिको प्रयोगमा हामी फोकस भएका छौ । अनिवार्य  व्यक्ति उपस्थित  हुनुपर्ने  कामबाहेक पेपर समिट जस्ता कार्यक अनलाइनबाट हुने व्यवस्था मिलाउने प्रविधिको निर्माण गर्न यसपाली बजेट राखेका  छौँ  ।”

पाैडेलले डिजिटलरूपमा नगर प्रोफाईल तयार भैसकेकोले घर नम्वर वितरणको लागि आवश्यक तयारी हुदै गरेको बताए । “यो वर्ष हामी डिजिटल घर नम्बर प्रदान गर्ने छौ ।”  पाैडेलका अनुसार अब सामाजिक लेखापरीक्षण गरिनेछ । सार्वजनिक सुनुवाईको आयोजना गर्ने र जनगुनासोको यथाशीघ्र सम्वोधन गरिनेछ । सेवाप्रवाह र कार्यालयको काम कारवाही वारे नगरवासीलाई नियमित रुपमा प्रविधिका माध्यमवाट सु-सूचित गरिनेछ ।

अबदेखि टाेखा नगरपालिकाबाट  हुने काम गराउन आवस्यकता पर्ने कागजातहरुको विवरण  टोल फ्री टेलिफोनको माध्यमबाट जानकारी लिनसकिने व्यवस्था हुन लागेकाे उनले बताए  । पाैडेलका अनुसार टाेखा नगरपालिकाका  हरेक वडा कर्यलयमा सिसिटिभी राखिदै छ जसको कनेक्सन एवम् मनिटरिङ नगरपालिका कार्यालयबाट  हुँदैछ । प्रमुख प्रशासकीय अधिकृत पाैडेल भन्छन्, “टाेखा नगरपालिकामा दर्ता भएका फाइलहरुमा टाइम कार्ड लागु गरिनेछ । जस्तो एउटा सेवाग्राीले कुनै कामकाे फाइल दर्ता गरे साे फाइल दर्तावालाले हेर्छ, फाइल कुनकुन साखा पुग्नु पर्ने हो र त्यहाँ लाग्ने समयको हिसाब गरेर सेवाग्राहीलाइ समयको टोकन दिनेछ । यसले सेवाग्राहीहरुको समयको बचत हुने छ ।”

पाैडेलका अनुसार टाेखा नगरपालिकाले आन्तरिक लेखापरीक्षण कार्यलाई प्रभावकारी रुपमा सम्पादन गराउँदै सोको सल्लाह सुझाव अनुसार कार्य सम्पादन गर्दैछ । यसका लागि सबैभन्दा पहिला नगरपालिकाको प्रसासनिक भवन बनाउनु पर्नेछ ।  “जबसम्म कार्यसम्पादन गर्ने अफिस व्यवस्थित हुँदैन तबसम्म कार्य  सम्पादन गर्न कठिन हुन्छ ।’ पाैडेलले थपे,  ‘हामीलाई कस्तो समस्या छ तपाइँ लेखा शाखा गएर हेर्न सक्नु हुन्छ । टाेखा नगरपालिकाकाे भवन यसै वर्ष सकिने गरि काम हुँदै थियो तर कोभीडले गर्दा सम्पन्न गर्न ढिला भैरहेको छ । यो आर्थिक वर्षको अन्त्यमा भवन बनाइ सकिने गरि कम गर्ने प्रयास भएको पाैडेलले बताए ।

काठमाडाैँ खबरसँगकाे छाेटाे भलाकुसारीकाे अन्त्यमा पाैडेल आफैले भने, “तपाइँ र म बिचको सम्वाद छाप्दै हुनु हुन्छ ?  एउटा कुराचाहिँ लेखिदिनु होला, टोखा नगरपालिका मेरो ( प्रदिप पौडेलकाे) आफ्नाे निवासस्थान  पनि हाे त्यसैले अझ धेरै यहाँका निवासीलाई उत्कृष्ट र  सरल सेवा दिने मेरो सदैव प्रयास रहने छ ।”