आशिष गुरागाईं / काठमाडौँखबर :  काभ्रे  जिल्लाकाे मण्डनदेउपुर नगरपालिकाका १२ का वडा अध्यक्ष  गोविन्द प्रसाद पराजुली धुलिखेल हस्पिटलमा गत २७ गते घाटीकाे समस्या जचाउँन गएका थिए । यही माैकामा कोरोना परिक्षण गराए । २९ गते काेराेनाकाे रिपोट  आयो पाेजेटिभ । आफुलाई रोगको कुनै लक्षण विनानै रोग लागेको रिपोर्ट आएपछि उनी छक्क परे ।  पराजुलीले आफ्ना मेयर र आफु नजिककालाई फोनबाट खबर गरी आफू अस्पताल बसेको  बताए । उनले सबैलाइ भने “अहिलेपनि मलाइ केहि भएको जस्तो लागेको छैन । तर, भैसकेछ !” “मलाई लागेको रोग मेरो वडामा पनि पक्कै छ,  अब मसँग एकहप्ता अगाडिदेखि सम्पर्कमा आएका नगरवासी आफन्तजन  सबैमा मेरो अपिल छ तपाइँहरु तुरुन्तै नगरस्वास्थ्य शाखामा सम्पर्क गर्नुहोस् ।”

५५ वर्षका पराजुलीले  फोन सम्पर्क गर्दै भावुक  हुदै भने, “हामी अग्रमोर्चाका सिपाही थियाैँ ।  मैले मलाइ रोगको रुपमा १-२ गोली लाग्ला कि भनेर जनसेवामा खटिन बहाना बनाइन । कोरोना बिरुद्धको लडाइमा मलाइ कोरोको छर्रालाग्यो केहि दिनमै निको भएर आउने छु । तर, मेरा वडा वासी र नगर बासीकसैलाई यो रोग नलागोस् ।”

यस्तै नगरपालिकाले  वडाध्यक्ष पराजुलीको सम्पर्कमा आएका ४० जना र वडा नम्बर ५ बाट १५ को कन्ट्याक्ट ट्रेसिंग गरेको र आज बाट उनीहरुको स्वाब सङ्कलन गरिने  नगर उप प्रमुख निर्मला शाहिले बताइन् । १२ नम्बरका वडाध्यक्ष नगरपालिकामा १ महिना देखि नआएको हुदाँ नगरपालिका क्षेत्र सुरक्षित् रहेको उंनको भनाइ थियो । तर वडाध्यक्ष  गोविन्दप्रसाद पराजुली भने साउन १७ गते  आफू नगरपालिका गएको बताउँछन् । पराजुलीले आफू २६ गते पनि ढाँडखोलामा मात्री समूह नामक सामाजिक संस्थाको  बैठकमा सहभागी भएको तर नगरपालिका भने नपसीकनै वडा फर्किएको बताए । पराजुलीले बैठकमा सहभागी मात्री समूहका सबैलाई कोरोना परिक्षण गरेर ढुक्क हुन् अनुरोध गरेका छन् ।

काेरानाका कारण सिर्जना भएकाे अबस्थाका बारे नगरपालिकाले परिस्थिति मुल्यांकन गर्दै नगरपालिका प्रवेश गर्ने ठाउँहरूमा निषेध गरेकाे छ । सिपाघाट ईन्द्रावती पुल, सिपाघाट मेलम्ची सडक, जिरोकिलो, नगरकोट टावर, भट्टे टावर, काशीभञ्ज्याङ, कात्तिके, दोलालघाट लगायतका नाकामा अत्यावश्यक बाहेकका सबै किसिमका सवारी साधन र ब्यक्तिको आवतजावत गर्न नपाईने सूचना जारी गरिएकाे वडा नम्बर ६ का अध्यक्ष तथा नगरपालिका प्रबक्ता   डिल्लि प्रसाद आचार्यले जानकारी दिए ।

यसैगरी नगरपालिका भित्र रहेका खाद्यान्न, दुध, पानी, तरकारी, फलफूल, औषधी, इन्धन लगायतका अत्यावश्यकबाहेकका संस्था वा कार्यालय पनि बन्द हुने भएको छ । अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन नगरपालिकाले अनुरोध गरेको छ ।