
काेराेना तथा लकडाउनकाे समस्याबीच “बुबा” नामकाे सर्ट मुभी सार्वजनिक भएकाे छ । बुबा खुवाउने औँशीकाे दिन पारेर सार्वजनिक भएकाे सर्ट मुभीलाइ नेपाल स्टुडियाेकाे अफिसियल फेशबुक पेजबाट सार्वजनिक गरेकाे हाे । नेपाल स्टुडियाे र फ्लिकर आर्टसले बनाएकाे बुबा ४ मिनट १२ सेकेन्ड लामाे मुभी हाे ।
वर्तमान परिवेशसँग दिवंगत बुबाकाे सम्झनालाइ जाेडेर बनाएर फिल्ममा सन्दिप घिमिरे र बसन्त गाैतमले अभिनय गरेका छन् । “बुबा” सर्ट मुभीमा क्यामरा सुशान्त केसी र सम्पादन आशीष पुडासैनीकाे रहेकाे छ । केही विम्व एवम् केही डाइलगसाथ बुबा शीर्षककाे कविता समेटिएकाे सर्ट मुभी दुइदिनमा तयार गरिएकाे निर्माण पक्षका तर्फबाट मणिरत्न त्रिपाठीले बताए ।