• आकाश शर्मा

बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल यतिखेर चर्चामा छन् । काेराेनाकाे कारण आफ्नाे नगरपालिकामा समस्या  झन् झन् बढिरहेकाे बेला एक कराेड रूपैँया खर्च गरेर नगर गेट बनाउने विषयलाइ मूर्तरूप दिने तयारीसँगै खरेलकाे चर्चा चुलिएकाे हाे । त्यसाे त खरेलकाे चर्चा यस्तै यस्तै विवादास्पद कुरामा चुलिने गर्छ । खरेलले नगरगेट बनाउने भनेर नियमित टेन्डर प्रकृया चलाउने तयारी  गरेपछि उनलाइ आफ्ना-पराइदेखि सर्वसामान्य सबैले आलाेचना गरे । यसरी आलाेचना हुन थाल्दै गर्दा खरेलले आफ्नै पार्टी कमिटकै साथीकाे फेशबुकमा कमेन्ट गरे चुनाव आउँछ भन्ने थाहा हेाला नि त भनेर । गेट बनाउने भन्दा पनि चुनाव आउने कुरा यसपछि झन् उनकाे आलाेचना बढ्याे ।

याे प्रशङ्गमा साझा पार्टीका युवा नेता अब्दुस मियाँले फेशबुकमा दुइवटा कडा स्टाटस लेखेर मेयरलाइ कसिलाे ब्याङ्ग गरे । चीर निन्द्रामा सुतेकाे झैँ देखिएकाे बुढानिलकण्ठ नेपाली काँग्रेस पनि याे विषयले अलिकति हलचल गरेझैँ गर्याे । काँग्रेसका ठूला भनिनेहरूले केही नलेखे पनि केही उदाउँदा अनुहारले मेयरकाे गेटबारेमा लेखे । बद्रि भट्टराइ, श्याम डाेटेल, ज्याेति केसीलगायतका गेटबारे सामाजिक सन्जालमा चाेटिलाे ब्याङ्ग गरे । युवा नेता तथा समसायिक लेखक बिजेन्द्र पुडासैनीले बिजएसजी न्युजमा निकै गहकिलाे लेख नै लेखे ।

यसरी नगरगेटकाे बारेमा प्रतिक्रिया दिने क्रममा एकजना निकै नै राम्रा एवम् तथा निट एन्ड क्लिन भनेर चिनएका पूर्व ब्यराेक्र्यट्स शारदाप्रसार त्रितालले गरेकाे कमेन्ट निकै नै प्रभावशाली छ । अरू सबैले साेचेभन्दा भिन्न आशयमा उनले कमेन्ट गरे, सरकारी खर्चमा प्रवेशद्वार र भ्यू टावर बनाउनु जति मुर्खता केही होइन । यो सीधै भ्रष्टाचार गर्ने मेलो मात्र हो । नेपाल सरकारका सेवानिवृत सचिव त्रिताल गिनेचुनेका स्वच्छ छविका व्यक्तिमध्ये एक हुन् । उनकाे आशय थियाे, सरकारी पैसामा प्रवेशद्वार बनाउनु भ्रष्टारकाे मेलाे हाे ।

नगरकाे मेयर खरेलकाे अभीष्ट भ्रष्टाचार नै हाे भन्न त सकिदैन । तर उनी आफ्नाे कार्यकालमा केही हुन नसकेकाेले प्रवेशद्वार बनाएर भजाउन खाेजेकाे जस्ताे देखिन्छ । उनले ध्रुवराज न्याैपानेकाे स्टाटसमा कमेन्ट गरेकै छन्, चुनाव आउने कुरा त सबैलाइ थाहा छ। सरासर भ्रष्टाचार गर्न खाेजेकाे भन्दा पनि के गर्ने के नगर्ने छटपटिमा खरेल देखिन्छन् । खरेलले आफ्नाे कार्यकालकाे ३ वर्ष बिताइसक्दा पनि के काम गर्ने ? भनेर खुट्याउनसमेत सकेका छैनन् । त्यसैकाे प्रतिफल काेराेनाकाे महामारीकाे नगरद्वारकाे आलाप बनेर देखियाे ।

याे विषयले खरेलकाे यति आलाेचना बढ्याे कि उनले प्रशासकीय अधिकृतलाइ बाेल्न लगाउनेदेखि केही मिडियालाइ लेख्न लगाउनेसम्म काम गरे । यति गरेर पनि विषय सामसुम नभएपछि २ महिना अघिनै  बन्न सुरू भएकाे काेराेना आइसाेलन अस्पताल अब १५ दिन भित्र बनिसक्ने भनेर समाचार बन्याे । याे समाचारसँगै सामाजिक सन्जालमा नगरगेटकाे विषय अलि मत्थर भयाे ।

विषय मत्थर भयाे भन्दा पनि यहि नगरपालिकाका जितुवा र हरूवा सांसदकाे हङ्गामा न्यूज आएकाले विषयान्तर भयाे । गेटभन्दा ठूला विषयले गेटकाे विषयलाइ मत्थर बनाएकाे हाे । रक्षामन्त्रीसमेत रहेकाे इश्वर पाेखरेलकेा सम्धी कान्ड र प्रमका विदेश सल्लाहकार राजन भट्टराइकाे चीनसँग पैसा लिएर भारत नेपालबारे अध्ययन गरेकाे विषयले उद्धव खरेलकाे विषय अलि सानाे बनायाे ।

बुढानिलकण्ठ नगरकाे सेराेफेराेमा यस्ता रटना घटना भैरहन्छन् । राम्रा समाचारले बुढानिलकण्ठलाइ छाेएकाे निकै कममात्र क्षण छन् । तथापि यहाँ स्थानीय एवम् क्षेत्रीय रूपमा काम गर्ने मिडिया ९० प्रतिशतनै नेकपाकै मानिसले चलाएका छन् तर पनि राम्रा समाचार वा यादगार रिपाेर्ट हेर्न सुन्न पाइन्न । यतिखेर नगरगेटकाण्ड, सम्धीकाण्ड अनि चीनसँग पैसा लिएर भारत नेपालबारे अध्ययन गरेकाे काण्डले बुढानिलकण्ठ नगरलाइ हराभरा बनाएकाे छ । एउटा सामान्य मानिस वा नवयुवालाइ हाम्राे राजनीतसँग सदाका लागि वितृष्णा जगाउन याेभन्दा गतिला आधार के हाेला ?