• आकाश शर्मा/विचार, दृष्टिकाेण

    (याे शीर्षकले दिने कटाक्ष एवम् आभा स्वयम् दीपक निराैला र उनका भक्तहरूलाइ निश्चित बिझाउने छ । तर याे लेखकाे अभिष्ट उनीहरूलाइ बिझाउनेतिर भन्दा पनि बुढानीलकण्ठ राम्राे बनाेस् भन्नेतिर लक्षित हाे ।) 

सिङ्गाे विश्व काेराेना र काेराेनामार्फत उत्पन्न बिबिध विषय एवम् परिस्थितिले आक्रान्त छ । यही आक्रान्तमा धेरैकाे इहलिला सकिएकाे छ भने कतिपय जीवन कसरी बाँच्ने भन्ने अबस्थामा पुगेका छन् । यही परिस्थितिकाे बहानामा व्यवसाय गर्ने वा बिबिध स्टन्ट गर्नेहरूकाे भीड पनि सानाे छैन ।

सन्दर्भ काठमाडाैँकाे हाे । काठमाडाैँभित्र पनि बुढानिलकण्ठ नगरपालिकाकाे । यस नगरमा काेराेनाकाे संक्रमण काठमाडाैँकाे अन्य नगरपालिकामा भन्दा धेरै छ । ठूलाे र अव्यव्स्थित बस्तिका बीच बुढानिलकण्ठकाे समुदायमा विस्तारै काेराेनाले प्रवेश गरेकाे देखिन्छ । केही दिन अघि ५१४ जनामा गरिएकाे परीक्षणमा १० प्रतिशतभन्दा धेरै संक्रमण पुष्टि भएपछि बुढानिलकण्ठ काेराेना संक्रमणकाे हब बन्ने अबस्थामा पुगेकाे छ । तथापि यस नगरमा अझै एक सैयाकाे पनि आइसाेलेसन कक्ष बनिसेकेकाे छैन । दुइवटा आइसाेलेसन केन्द्र बनिरहेकाे छ । याे निर्माण प्रकृया ढिलाे भयाे भनेर स्थानीय तहकाे आलाेचनासमेत भैरहेकाे छ ।

बुढानीलकण्ठमा आइसाेलेसन कक्षका बारे आलाेचनाकाबीच स्थानीय जनप्रतिनिधि रातारात काम गरेर पूर्णता दिन लागेका पनि देखिन्छन् । वडाध्यक्षसहित वडासदस्यहरूकाे खटाइलाइ यतिखेर कसैले नाप्न सकेकाे देखिदैन । याे देशमा यतिखेर कुनै जनप्रतिनिधि फिल्डमा खाइ नखाइ खटेकाे छन् भने ती वडाका जनप्रतिनिधि नै हुन् । बुढानिलकण्ठमा पनि वडाध्यक्ष तथा वडा सदस्यहरुकाे खटाइ प्रशंसनीय छ । तर वडाका जनप्रतिनिधिसँग कुनै पनि विषयकाे निर्णय गर्ने अधिकार छैन । वडासँग १ लाख रूपैँया पनि खर्च गर्ने अधिकारसम्म नरहेकाे अबस्थामा उनीहरू स्वयम्सेवीजस्ता देखिएका छन् । मेयरकाे इच्छाशक्तिमा वडाध्यक्षहरू खुम्चिएका देखिन्छन् ।

बुढानिलकण्ठकाे सबालमा यहाँका मेयर इच्छाशक्तिकाे कमि  र निर्णय लिन नसक्ने भनेर आलाेचित छन् । आइसाेलेसनकाे बारेमा आलाेचना भएपछि उनी यतिखेर भने खटेका खटेका झैँ देखिन्छन् । १५ दिनभित्र दुइवटा राम्रा आइसाेलेसन केन्द्र बनाउने भनेका मेयरकाे काममा सहयाेग गर्न  सबै तहतप्काका जनप्रतिनिधिसहित पार्टी पङ्क्ति सक्रिय पनि भएकाे छ  ।

फलतः बुढानीलकण्ठ २ काे बाँडेपाखा धाेविखाेला किनारकाे विएमसि स्कूल र वडा नं १० काे डिठ्ठाचाैरमा बन्ने प्रकृयामा रहेकाे  आइसाेलेसन केन्द्र द्रुत गतिमा बन्न शुरू भयाे । यतिभएपछि  अब पर्दामा उदाए दीपक निराैला । चतुर मतिका निराैला विकासे गतिबिधि तथा राजनीतिमा दृष्यपात नहुने प्रदेशसभाका सांसद हुन् । तर बुढानिलकण्ठमा नै बस्ने निराैला जसरी पनि चर्चामा रहनु पर्छ भन्ने मनाेवृत्तिका व्यक्ति हुन् ।  नगरपालिकाले बनाउन लागेकाे आइसाेलेन केन्द्रलाइ आफूले गरेकाे भनेर देखाउने साेचमा उनी निस्किए । यहि नै बेला प्रदेश सरकारले ३५०० आइसाेलेसन सैया बनाउने भनेर समाचार आएपछि डिठ्ठाचाैर र विएमसि स्कूलकाे आइसाेलेसन निराैलाले नै बनाउन लगाएकाे भन्ने आशयमा समाचार आए ।

यसकाे कुराकाे पराकाष्ठा त्यतिखेर भयाे जब निराैलाले निरीक्षण क्रममा रहेकाे एवम् बन्न अझै केही दिन लाग्ने आइसाेलेसन केन्द्रमा  मुख्यमन्त्री डाेरमणि पाैडेललाइ उद्घाटनझैँ गरेर ल्याए, रिवन काट्न लागइवरी फाेटाे खिचाए ।  बुढानिलकण्ठ २ बिएमसि स्कूलमा रहेकाे केन्द्रमा मुख्यमन्त्रीलाइ आइसाेेलेसन अस्पताल सुरू भएकाे र निरीक्षण गराएकाे भन्ने आशयमा समाचार आउने हिसाबले समाचार पनि स्टमेट गर्न गरे । अनि बिएमसि स्कूलकाे ४ वटा कक्षाकाेठामा शुरू हुन अझै केही दिन लाग्ने आइसाेलेन केन्द्रलाइ अस्पताल नै बनाएकाे झैँ हिसाबले समाचार प्रकाशित गर्न भए ।

गाराे लगाउनेदेखि सबै काममा खटिएकाे स्थानीय वडाध्यक्ष-वडासदस्यहरूदेखि स्थानीय तहलाइ जिल्ल पारेर निराैलाले एक नाटक मन्चन गरे । निराैलाले यसाे गरेर सम्भवतः मुख्यमन्त्री डाेरमणि पाैडेलसामु आफूलाइ उँचाे बनाए ।  निराैलाकाे याे नाटकीय रूप याे पहिलाेचाहिँ हैन । बुढानीलकण्ठलाइ उनले एकखाले रङ्गमन्चनै बनाएका छन् । आफू विकासकाे मसिहा हुँ भनेर हिसाबले निराैला स्थानीय तथा क्षेत्रीय अनलाइनलाइ उपयाेग गरेर समाचारकाे उच्चबिन्दूमा बसिरहन्छन् । केपि ओली निकट, इश्वर पाेखरेल निकट तथा मुख्यमन्त्री निकट भन्ने भ्रममा सबै उनीसँग नतमस्तक भैरहेकाले पनि उनी पटकपटक आफू हिराे हुँ भन्ने नाटक गरिरहेका हुन्छन् । निराैलाकाे याे नाटकमा केही स्थानीय तथा क्षेत्रीय संचारकर्मी पनि लालयित भएका देखिन्छन् ।

निराैलाले बुढानिलकण्ठ मन्दिर क्षेत्रलाइ ल्यान्डपुलिङ गर्ने भन्ने विषयमा लामाे समयदेखिकाे रङ्गमन्च अझै सक्किएका छैनन् । हाल उनी गुठिसंस्थानले बनाएकाे झारा मेट्ने खालकाे गुरूयाेजनालाइ बाेकेर याे नाटक चलाइरहेका छन् । गत स्थानीय चुनावअघि रातिराति घरमै फाेटाे खिचाएर केही घण्टा हिरासत पनि परेका निराैलाकाे चतुर्याँइबाट बुढानिलकण्ठका स्थानीय जनप्रतिनिधि एवम् पार्टीपङ्क्ति पनि वाक्क भएकाे देखिन्छ । बस, निराैलामा असिम पावर छ भन्ने डरल उनका यावत् नाटक सहन बाध्य भएकाे तिनिहरूकाे हाउभाउबाट देख्न सकिन्छ ।