लिदी पहिरोमा ज्यान गुमाउनको संख्या ३६ पुग्यो

काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा ज्यान गुमाउनको संख्या ३६ पुगेको छ । थपतीन जनाको शव सोमबार भेटिएको हो ।

पहिरामा अझै तीन जना बेपत्ता छन् । यसअघि ३३ जनाको शव भेटिएको थियो । दुई पुरुष र एक महिलाको सोमबार शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए  ।

सोमबार प्रकाश दोङ, साइली दोङ र आयुष दोङको शव फेला परेका हो । हराइरहेकाको खोजी जारी रहेको बताइएको छ ।लिदीमा गत साउन ३० गते बिहान पहिरो गएको थियो ।