• बिजेन्द्र पुडासैनी

कोराेना भाइरसको कारणले विश्वभर अहिलेसम्म ८ लाख ५० हजार भन्दा धेरै मानिसहरुले ज्यान गुमाइसकेका छन् भने २ कराेड ५० लाख भन्दा धेरै मानिस संक्रमित भईसकेका छन् । नेपालमा कोराना भाईरसका कारण २३९ जनाले ज्यान गुमाई सकेका छन् । नेपालमा कोराेना भाइरसबाट निको हुनेको संख्या २१ हजारभन्दा माथि नै छ । काठमाडौँ उपत्यकाका नगरपालिकाको हकमा बूढानीलकण्ठ नगरपालिकामा संक्रमण दर उच्च स्थानमा रहेकाे छ । नेपालमा स्थानीय सरकारलाई कोराना नियन्त्रण एउटा चुनौतिको बिषय बनेको छ भने संगसंगै कार्य सम्पादन प्रस्तुत गर्ने एउटा अवसरसमेत बनेको छ ।

केहि दिन अगाडि कोराना नियन्त्रण तथा रोकथामको लागि आइसाेलेसन केन्द्र बनाउने भनेर बुढानिलकण्ठमा रहेकाे प्रशिद्ध बुढानिलकण्ठ स्कूलमा एकटाेली पुगेकाे थियाे । बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलसहितकाे साे टाेली नगरपालिकामा बन्दै गरेकाे दुइ आइसाेलेन केन्द्रकाे निरीक्षणपछि एकाएक बुढानिलकण्ठ स्कूल पुगेकाे थियाे । टाेलीमा नाइकेझैँ थिए वागमती प्रदेशका सांसद दीपक निराैला । प्रचारकाे स्टन्ट गर्दै हिँड्ने नेताका रुपमा परिचय बनाएका निराैलाले केही पत्रकार आफ्नै गाडीमा बाेकेर आएका थिए । विएमसि स्कूलकाे आइसाेलेन केन्द्रकाे निरीक्षणपछि टाेली बुढानिलकण्ठ स्कूल हिँडेकाे थियाे ।

प्रदेश सरकारले प्रदेशस्तरीय आइसोलेसन केन्द्र बनाउने सम्भावित स्थानहरु खाेज्न हिँडेकाे भन्ने शीर्षकमा बुढानिलकण्ठ स्कुल पुग्नुमा सांसद निराैलाकै चासाे र सराेकारकाे विषय थियाे ।  साे दिन बुढानिलकण्ठ स्कूलकाे पुरानाे ल्यावपट्टिकाे केही काेठा आइसाेलन कक्षका लागि भनेर साे टाेलीले हेर्याे । स्कूल प्राचार्य हाेम आचार्यले चाँडैनै (नाेभेम्बरमा) अन्तराष्ट्रिय स्तरकाे  परीक्षा साेहि भवनामा हुने बताएपछि के कसाे गर्ने बारेमा निर्णयमा नपुगी निरीक्षण गरेर टाेली हिँड्याे । तर सबैकाे मनमा त्याे ठाउँमा आइसाेलेसन केन्द्र बनाउन पाए हुने भन्ने भाव देखिन्थ्याे ।

बुढानिलकण्ठ स्कूलमा आइसाेलेसन केन्द्र वा अस्पताल बनाउने कुराले न कुनै रूप लिएकाे छ, न टुङ्गाे लागेकाे छ तर  माननीय निरौलाले बुढानीलकण्ठ स्कुलमा आइसोलेसन बनाउन निरिक्षण गरे भनेर केही स्थानीय अनलाइनबाट वाह वाहि शुरू भैहाल्याे । निराैलाले प्लान नै बनाएर साे स्कूलकाे निरीक्षण गरेका थिए । ती समाचारलाइ विश्लेषण गर्ने हाे भने बुढानिलकण्ठ स्कूलमा अब निकै ठूलाे आइसाेलेसन केन्द्र दीपक निराैलाले बनाइदिने भए भन्ने आशय व्यक्त भएकाे छ । निराैलाले अब याे स्कूलमा आइसाेलेसन केन्द्र बनाउने नै हाे भन्ने अभिव्यक्ति  दिएका पनि छन् ।

आईसोलेसन केन्द्र बनाउने निर्णयमा पुग्नु  पूर्व  बिद्यालय प्रशासनको धारणा बारे कुरै नसुनी माननीयले आफु खुशी लगेकाे पत्रकारसामु आइसोलेसन केन्द्र बनाउने उद्घोष  गरेको थिए । संचारमाध्यम तथा सभागाेष्ठी देख्याे भने उद्घाेष गर्न माहिर चरित्रका निराैलाले साे विद्यालयमा आइसोलेसन केन्द्र बनाउने प्रसंगमा प्रधानाध्यापक होम आचार्यसंग टेलिफोन सम्वाद गर्दा बिद्यालय प्रशासन निकट भविष्यमा अन्तराष्ट्रियस्तरकाे परीक्षा आउन लागेका कारण आइसोलेसन केन्द्र बनाउन दिने प्रस्तावको पक्षमा नरहेको स्पष्ट पारे ।

कुनैपनि महत्वपूर्ण काम गर्दा सरोकारवाला निकायसँग एकदुइ चरण वार्तालाप गरिवरी काम गर्ने सामान्य रीत विपरित  निरौलाले बुढानिलकण्ठ स्कूलमा आइसाेलेसन केन्द्र बनाउने कुराकाे उद्घाेष गरे । सारमा याे सस्तो लाकप्रियताका लागि रचिएको एउटा प्रपंचभन्दा केही थिएन । जुन एकाध अनलाइनमा निराैलाकाे फाेटाेसहित निस्किने समाचारमा सिमित हुनेवाला थियाे ।  त्यसाे त निराैलाकाे याे अईसोलेसन केन्द्र बनाउने दृढ संकल्प के हो भनेर हेर्न धेरै समय कुर्न नपर्ला तर बुढानीलकण्ठ स्कुलको बिषयमा दीपक निरौलाको दृष्टिकोण  सदैव साँघुरो नै छ । यस स्कूलमा आफ्नाे हालिमुहाली हुनुपर्छ भन्ने उनकाे एकमात्र दाउ रहेकाे बताइन्छ । धेरैले निराैलाकाे याे साेचलाइ आलाेचना पनि गर्ने गरेका छन् ।

बिश्वप्रख्यात क्याम्ब्रिज विश्वविद्यालयको आधिकारिक बिभिन्न परीक्षाहरु यही बिद्यालयकाे यही भवनमा संचालन हुने गर्छन् । यतिखेर पनि बिद्यालय हाता भित्रै करिब ३०० जना माथि (कर्मचारी /परिवार ) बस्दै आएका छन्  ।  आफूलाइ  स्वनामधन्य विकासवादी  नेता भनाउन चाहने  निरौलाको शक्तिकेन्द्रसंगको सामिप्यताले गर्दा विद्यालयलाइ आइसाेलेसन केन्द्र बनाउने भनेर फिँजाइएकाे हल्लाबारे स्कूल प्रशासन प्रतिक्रियाहिन बनेकाे छ  । प्रम ओलीले एकपटक बुढानिलकण्ठ स्कूलबारे अन्टसन्ट अभिव्यक्ति दिइसेकेका अबस्थामा ओली निकट भनेर चिनिने निराैलाले विद्यालयमाथि गरेकाे हस्तक्षेपलाइ प्राचार्य आचार्य तथा प्रशासनले गतिले जवाफ दिन सकेकाे देखिएन । सांसद निराैला प्रम ओली, रक्षामन्त्री पाेखरेल तथा मूख्यमन्त्री पाैडेलसँग निकट भएकाे हाउगुजी बुढानिलकण्ठ स्कूलमा समेत परेकाे देखिन्छ । शक्तिकाे निकटता भएकाे व्यक्ति भनेर कताकता निराैलासँग सबै डराएझैँ लाग्छ ।

यतिखेर निरौला शैलीको बिरोध उनका पार्टी पंक्तिबाट हुन थालेकाे छ । केही दिनअघि बुढानिलकण्ठमै बन्दै नबनीसकेकाे आइसाेलेन केन्द्रलाइ मुख्यमन्त्री ल्याएर उद्घघाटन गर्न लगाएकाे विषयले उनकाे पार्टी पङ्ति बेखुशी भएका छन् । “काम गर्ने कालु मकै खाने भालु” भनेझैँ गरेर निराैलाले जस लिन खाेजिरहेकाे भनेर एक जनप्रतिनिधिले हामीसँग भने ।

निराैला काठमाडौँ क्षेत्र नं ५ को राजनीतिमा छोटो समयमा महत्वपूर्ण उपलव्धि हात पर्ने चुतर नेता हुन् । सस्तो लोकप्रियताको लागि बिभिन्न स्टन्ट रच्ने निरौलाले हासिल गरेक यावत् राजनीतिक लाभ समेत स्टन्टको नै देन हो भनेर आराेप पनि लाग्ने गरेकाे छ । बुढानिलकण्ठ मन्दिर क्षेत्रमा लामाे समयदेखि स्टन्ट गरिरहेका निराैलाकाे आइसाेलेसनकाे नाममा बुढानिलकण्ठ स्कूलमा गर्न थालेकाे स्टन्ट कस्ताे हुने हाे हेर्न बाँकी छ ।