कस्तो छ काभ्रेको धुलिखेलमा निषेधाज्ञा हेर्नुहोस : फोटो कथा

राजधानी देखि ३० किलोमीटर  पूर्व काभ्रे पलान्चोक जिल्लमा रहेको धुलिखेल नगरपालिकापनि देशका अरु नगरपालिका झैँ कोभीड १९ सँगको लडाईमा विभिन्न मोर्चा खोलेर लागिपरेको छ । यसै नगरपालिका भएर नेपालका दुइ छिमेकि देश जाने अरनिको राजमार्ग  तथा बिपी राजमार्गहरु छुट्टिन्छ ।

धुलिखेल नगरपालिकाले कार्यालय तथा वडा बाट प्रवाह हुने सेवाहरु बन्दगर्ने अवधि थप गरेको छ ।कोरोना भाईरस संक्रमणको संख्या दिनदिनै बढ्दै गईरहेकाले अत्यावश्यक बाहेकका सबै सेवाहरु भदौ २२ गते सम्मका लागी बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख आशोक कुमार ब्यञ्जु श्रेष्ठले बताए ।

यस अवधिमा नगरपालिका क्षेत्र भित्र कुनै पनि बैठक,गोष्ठि,भेला लगायतका कुनै पनी कार्य गर्न रोक लागाईएको छ ।

यस्तै धार्मिक स्थलमा हुने दैनिक नित्य पुजा बाहेक अन्य कुनै पनि गतिबिधि नगर्न आग्रह गरिएको छ । साथै होटल ब्यबसाय तथा अन्य सबै पसलहरु बन्द गर्न र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन समेत नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिकामा हाल सम्म १ सय ६३ जना कोभीड १९ रोगबाट संक्रमित भएका छन । जसमध्य ३६ जना निको भएर घर फर्की सकेका छन ।

काभ्रे पलान्चोक जिल्लमा   संक्रमित हुनेकोे संख्या २ सय ८५ पुगेको छ । ति मध्ये १०८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । १ सय ७५ जनाको विभिन्न आइसोलेसनमा उपचार भईरहेको छ भने भाइरसका कारण जिल्लामा २ जनाको मृत्यु भईसकेको छ ।

यस्तै जिल्लाको बिभिन्न क्वारेन्टाईनमा हाल ८० जना बसिरहेका छन् । ति मध्ये ४२ जना पुरुष छन् भने ३८ जना महिला छन् । जिल्ला कमाण्ड पोष्टले उपलब्ध गराएको बिवरण अनुसार जेठ २३ गते यता तेस्रो मुलुकबाट ४ सय २६ जना जिल्लामा आएका छन् ।