• आकाश शर्मा/दृष्टिकाेण

बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल राम्रा कामका लागि नचिनिने करिब निश्चित भैसकेकाे छ । एउटा मेयर भएर उसकाे सबैभन्दा ठूलाे चाहना कसरी राम्रा काम गरेर जनभावना वा जनमत जित्ने हुनुपर्नेमा ठीक विपरित खरेलमा याे चाहना देखिदैन । आफ्नाे कार्यकालकाे करिब ६५ प्रतिशत समय व्यतित गरिसक्दा एउटा पनि राम्राे काम गर्न नसकेका खरेलले राम्रा काम गरेर वाहवाही पाउने धेरै कुरालाइ नजरअन्दाज गरेका छन् । स्वभाव र आचरणका हिसाबले विकास बिराेधी वा भ्रष्टाचारप्रेरित भनेर कतै दाग लगाउन नसकिने खरेलकाे मति किन विकासप्रेमी भएन हाेला सबैलाइ लाग्ने गरेकाे छ ।

खरेल राजनीतिकरूपमा बुढानिलकण्ठ नगर आफ्नाे पकडमा रहिराख्नु पर्ने धारणामा राख्छन् । अरू कसैलाइ विश्वास नगर्ने तथा अरूले जस लिने काममा सहभागि नहुने साेचमा उनी देखिन्छ । यसकाे पछाडि उनमा यसपछिकाे पाँचवर्ष फेरी मेयर हुनका लागि काेही दावेदार नहाेउन् भन्ने आशय लुकेकाे देखिन्छ । यही आशयकाे पृष्ठभूमिले खरेललाइ एकांकी एवम् विकासबिराेधी बनाइरहेकाे छ । आफ्नाहरूबाट पनि भावनात्मकरूपमा टाढा बनाइरहेकाे छ । उनी कसकाे सल्लाहमा यसरी आफूलाइ अप्रत्यक्ष विकास बिराेधी बनिरहेका छन् भन्ने सबैलाइ चासाे देखिन्छ ।

खरेलले कसकाे सल्लाह मान्दछन् भन्ने कुरा अत्यन्त अमूर्त छ । सर्वज्ञानी स्वभावका खरेललाइ कसले सल्लाह देला भन्ने प्रश्न पनि उठ्छ । तथापि नगरमा याेजना बनाउने तथा बजेट हाल्ने नहाल्ने विषयमा मेयर खरेललाइ दिइने सल्लाह एकदमै राजनीति प्रेरित र विकास बिराेधी देखिन्छ । आफूले जस नपाउँदा बरू ठीक तर अरूले मरे पनि जस पाउनु हुन्न भन्ने आशयबाट मेयर खरेलका याेजना तथा बजेट आउने गरेकाे छ ।

सन्दर्भ बुढानिलकण्ठ नगरकाे वडा नं १३ मा निर्माणाधीन सुवर्ण शमशेर क्रिकेट मैदानकाे हाे । मेयर खरेलले आफ्नै नगरपालिकामा बन्न लागेकाे याे अन्तराष्ट्रियस्तरकाे  क्रिकेट मैदानलाइ सदैव नजरअन्दाज गरेकाे देखिन्छ । उनकाे याे नजरअन्दाज मन तथा भावबाट मात्र हैन हाकाहाकी र देखादेखी नै हुने गरेकाे छ । उनीमात्र हैन उनका केही निकटतम तथा सल्लाहकार भनेर चिनाइएका व्यक्ति पनि यस क्रिकेट मैदानप्रति राजनीतिक प्रतिशाेध साँधेर बसेकाे देखिन्छ ।

हालै आफ्नाे कार्यकालकाे तेस्राे याेजना तथा बजेट प्रस्तुत गरेका खरेलले पूर्व प्रम सुवर्ण शमशेर राणाकाे नाममा बन्न लागेकाे क्रिकेट मैदानलाइ एकसुकाे पनि पैसा छुट्याएनन् । केही अत्यन्त अनावश्यक, विवादास्पद तथा अरूका लाभमा प्रेरित याेजनाका लागि कराेडाैँ बजेट फालिदिएका खरेलले काँग्रेसकाे हालिमुहाली भएकाे संस्थाकाे नाममा क्रिकेट मैदानलाइ भने तेस्राे वर्षकाे बजेटमा पनि धाेती लगाइदिएका छन् ।

ठीक उल्टाे मेयर खरेलले प्रदेशसभाका सांसद दीपक निराैलाले प्रदेशकै बजेटबाट निर्माण गरिरहेकाे आइतबारे पार्कलाइ एक कराेडभन्दा बढि बजेट हालिदिएका छन् । सांसद निराैलाले आइतबारे पार्कका नाममा आफ्नाे राजनीति भजाइरहेकाे विषयमा दुधकाे साक्षी बन्न लालयित भएका मेयर खरेलले बरू जिपलाइन, भ्यूटावर, केवलकार अध्ययन गर्न भनेर खरेलले १ कराेड छुट्याइदिएका छन् । यसरी सुवर्ण शमशेरकाे नाममा पैसा हाल्नुकाे सट्टा बरू एक कराेड रूपैयाँ अमूर्त तथा सम्भवतः अर्थहीन झैँ लाग्ने शीर्षकमा फ्याकिदिएका छन् ।

सुवर्ण शमशेर क्रिकेट मैदानलाइ नगरले बजेट दिन नहुने विषयमा अप्रत्यक्ष क्याम्पेनिङ गर्नेमा सांसद निराैलालाइ अग्र पङ्क्तिका व्यक्ति भनेर लिइने गरिन्छ । क्रिकेट मैदानकाे विषयमा राजनीतिक प्रतिशेाधका धनी निराैलाकाे अगाडि खरेल गरूडकाे छायाँमा सर्प परेझैँ देखिन्छन् । बुढानिलकण्ठमा हुने वा भएका सबै विकास आफैले गरिदिएकाे भन्ने आशय बनाउन खाेजिरहेका दीपक निराैलाकाे कालाे छायाँमा मेयर खरेल परेकाे मानिन्छ । खरेलमा निराैलालाइ नाे भन्ने आँट नहुनु विडम्वना मानिँदै आएकाे छ ।

क्रिकेट मैदानमा नगरपालिकाले पैसा हाल्याे भने कतै मेयर हिराे हाेला कि भन्ने डर निराैलालगायत केही नेकपाकर्मीमा देखिन्छ । बाेल्ड डिसिजन गर्न नसक्ने मनाेबलका खरेलकाे मनाेविज्ञान बुझेका निराैलालगायत केही व्यक्ति खरेललाइ कमजाेर बनाउन अभिप्रेरित हुन् कि भन्ने साेच राख्ने क्षमता खरेलमा देखिदैन । उनी निष्पट्टरूपमा काँग्रेसकाे संस्थालाइ किन सहयाेग गर्ने भन्ने संकुचनमा आफूलाइ सिमित राख्न व्यस्त छन् ।

आफ्नाे कार्यकालकाे उत्तरार्धमा रहेका मेयर खरेलले सुवर्ण शमशेर क्रिकेट मैदान तथा केही अरू विषयमा आफूलाइ अब्बल बनाउने सके चीरकालसम्म उदाहरणीय मेयर बन्ने सम्भावना थियाे । सुवर्ण शमशेरकाे नाममा कराेडाैँ रकम लगानी गर्ने मेयरका रूपमा उनलाइ काँग्रेसकाे जनाधारमा पनि उच्च छवि बनाउने अवसर थियाे तर उनलाइ याे तथ्यबाट जानीजानी बाहिर बनाइँदैछ । यतिमात्र हैन बुढानीलकण्ठ मन्दिर तथा क्षेत्रकाे वृहत विकासमा पनि मेयर खरेललाइ लाइ जानीजानी भिलेन बनाउने खेल भैरहेकाे खरेलले बुझ्न सकेकाे देखिदैन ।

बेअर्थ र बेतुकका कार्यक्रममा कराेडाैँकाे बजेट हालेर दीर्घकालिन असर गर्ने काममा ध्यान नपुर्याउने खेल खेल्नेहरूमा काे काे हुनसक्छन् याे नाम उल्लेख गरिरहन पर्दैन । सुवर्ण शमशेर क्रिकेट मैदान रहेकाे नगरपालिकाकाे वडा नं १३ का वडाध्यक्षकाे भूमिका पनि क्रिकेट मैदानका बारेमा नकारात्मक रहेकाे देखिन्छ । आफ्नाे वडाले सिफारिस गर्ने याेजनामा वडाध्यक्षले कतै पनि क्रिकेट मैदानलाइ महत्व दिएकाे देखिदैन ।

मेयर खरेल कतिन्जेल संकुचित राजनीतिक दायराकाे घेरमा बस्ने तथा कुत्सित साेच  भएकाहरूकाे सल्लाह दिनेहरूकाे चक्रव्यूहमा कतिन्जेल पर्ने भन्ने कुरा नै मुख्य विषय हाे । कछुवा गतिमै सही सुवर्ण शमशेर क्रिकेट मैदान कुनै न कुनै दिन बन्ला तर यसलाइ चाँडै सकेर उदाहरणीय बन्न पाउने माैका मेयर खरेलले कतिन्जेल गुमाइरहने ?

अर्काे कार्यकाल पनि मेयर बन्न चाहना राखेका खरेलले यसरी सुवर्णखाले माैकालाइ किन चुकाइरहेकाे छन् ? किन सबैसामु विकास पुरूष बन्ने अवसरलाइ क्यास गर्न सकिरहेका छैनन् ? मेयर खरेल आफैले साेच्ने बेला घर्किन लागिसकेकाे देखिन्छ ।