• आकाश शर्मा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा संघ-संस्थालाई कुनैपनि गतिविधि नगर्न निर्देशन दिएपछि यसका नाममा आफू र गुटलाइ भजाउँदै आएका चेहरा मारमा पर्ने देखिएकाे छ । नेकपाले अन्तरपार्टी निर्देशन–५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउन्डेसन, अध्ययन केन्द्रजस्ता संस्थालाई प्रदेश, जिल्ला र स्थानीय तहमा कुनैपनि शाखा गठन र गतिविधि गर्न रोक लगाउने निर्देशन दिएसँगै केहीका राेजीराेटी तथा तलमाथि गर्ने खेलमा विराम लागेकाे हाे । खोलिएका प्रतिष्ठान वा संघ-संस्थामध्ये अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अन्तरपार्टी निर्देशन–५ मा रोक लगाउने निर्देशन दिएको भनेर नेकपाले प्रष्ट पारेकाे छ ।

याे राेकसँगै सबैभन्दा बिलखबन्द परेकाे छ मदन भण्डारी फाउन्डेसन । विशेषगरेर काठमाडाैँमा पार्टी कमिटिसँगै समानान्तरूपमा संचालनमा आइरहेकाे यस फाउन्डेसनले मदन भन्डारीकाे विचार र आदर्शलाई प्रचारप्रसार र तिनले पुर्‍याएको योगदानको चर्चा गर्दै वैचारिक बहस गर्नुकाे सट्टा एउटा गुटकाे राजनीतिलाइ टेवा पुर्याउने काम गरिरहेकाे थियाे । यसका हर्ताकर्तामध्ये एक थिए दीपक निराैला । छाेटाे समयमा लामाे राजनीतिक फड्काे मार्न खाेज्दै गरेका चतुर युवा नेता भनेर चिनिएका निराैलालाइ पछिल्लाे समय मदन भण्डारी फाउन्डेसनकाे नाममा गुटबन्दीकाे राजनीति गरेकाे आराेप लाग्ने गरेकाे छ । निराैलाले फाउन्डेसनकाे कतिपय कार्यक्रम त आफैले संयाेजन गरेरसमेत चलाइरहेका थिए । निराैलाकाे निजी  सामाजिक सन्जाल फाउन्डेसनकै समाचार र सूचनाले भरिएका हुन्छ ।  सांसद निराैलाेकाे याे गतिबिधि पार्टीभित्रै धेरैलाइ अपाच्य बनाइरहेकाे थियाे ।

बुढानिलकण्ठ नगरपालिका तथा काठमाडाैँ क्षेत्र नं ५ बाट राजनीति गर्ने निराैला आफूलाइ प्रम ओली निकट भएकाे बताउँदै वा देखाउँदै आएका छन् । साथै उनले आफूलाइ वागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेलसँग सबैभन्दा निकट हुँ भन्दै आएका छन् । यही पृष्ठभूमिलाइ भजाउँदै उनले फाउन्डेसनकाे गतिबिधिलाइ सबैभन्दा धेरै समय दिइरहेका थिए । निराैलाकाे याे फाउन्डेसनकाे राजनीति पूर्व माओवादी खेमालाइ बिझाउने खालकाे थियाे नै पूर्व एमामे खेमामा पनि रूचिकर थिएन । उनकाे गतिबिधि आफू स्वयम् कसरी ठूलाे हुने र आफ्नाे गुटभित्र आफ्नाे कसरी हालीमुहाली गर्ने भन्नेमा केन्द्रित रहेकाे देखिँदै आएकाे थियाे । उनी आफ्नाे गतिबिधिमा सफल पनि देखिएका थिए ।

आफू प्रमलगायत ठूला मान्छेसँग बसउठ गर्न सक्ने मान्छे हुँ भनेर देखाउन निराैला हरदम सक्रिय देखिन्छन् । यसका लागि मदन भन्डारी फाउन्डेसन उनकाे सहायक सिद्ध संस्था बनिरहेकाे थियाे । ठूलासँग बसउठ भएकाे नेता भनेर निराैलाकाे अघिपछि लाग्नेहरू पनि देखिन्छन् भने आफ्नै गाडीमा केही पत्रकार बाेकेर निराैला हिँड्ने गर्छन् ।  पब्लिसिटि स्टन्ट गर्न जान्ने निराैलाले फाउन्डेसनलाइ प्रतिष्ठाकाे विषय बनाएका थिए । आन्तरिक समस्याका कारण पार्टीले एकाएक प्रतिष्ठान, फाउन्डेसनकाे गतिबिधि राेक लगाएसँगै निराैलाले मदन भन्डारी फाउन्डेसनका  केही घाेषित कार्यक्रमसमेत राेक्नुपर्ने भएकाे छ । उनकाे पब्लिसिटि स्टन्टमा याे राेकले ठुलै ब्रेक लगाउने निश्चित छ ।

आफ्नाे निर्वाचन क्षेत्र तथा बुढानिलकण्ठ नगरमा पनि सांसद निराैलाले फाउन्डेसनमार्फत गतिलै गुटबन्दी तथा पब्लिसिटि स्टन्ट गरिरहेका थिए । बुढानिलकण्ठ नगरमा भएका साना ठूला सबै विकासका काम निराैला आफैका कारण गरेकाे वा भएकाे हाे भन्ने सन्देश दिन फाउन्डेसन सहायक सिद्ध भैरहेकाे थियाे ।

यसरी प्रतिष्ठानले पार्टीको नीतिबाहिर रहेर समानान्तर गतिविधि सञ्चालन गर्न थालेकाले भन्दै राेक लगाएसँगै निराैलाकाे याे यात्रालाइ राेकेकाे छ । याे राेकसँगै एक हिसाबले निराैला मारमा परेकाे देखिन्छ । नेकपाकाे पार्टी सचिवालय बैठकले भाद्र ३० गते  प्रतिष्ठानसम्बन्धी अध्ययन गर्न कार्यदल बनाएर प्रतिवेदन सार्वजनिक नगरेसम्म तिनका शाखा गठन र गतिविधि नगर्न निर्देशन दिएको छ ।