काठमाण्डौ खबर /बागमती प्रदेश भरतपुरबाट संचालित धेरै सुनिने  रेडियो “रेडियो कालिका एफएमको” १८ औं तथा कालिका एचडीको छैटौँ वार्षिकोत्सवमा महिनाव्यापी कार्यक्रम बताएको छ ।

२०५९ साल असोज २६ गते औपचारिक प्रसारणमा आएको कालिका एफएम १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गर्दै छ । पूर्व मन्त्री एंव कालिका गु्रपका अध्यक्ष विक्रम पाण्डेले आज(आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षका वार्षिकोत्सवका कार्यक्रम सूचना प्रविधिको भरपुर उपयोग गर्दै अनलाइनका माध्यमबाट गर्न लागिएको जानकारी दिए ।

कोरोना भाइरसका कारण सिर्जित परिस्थितिले कार्यक्रम भर्चुअल रुपमा गर्न लागिएको हो । असहज परिस्थितिमा समेत सूचना, समाचार र मनोरेञ्जनको क्षेत्रमा कालिकाको निरन्तरताप्रति सबैको सहयोग र हौसलाप्रति आभारी रहेको उनको  छु । कोभिड–१९ संक्रमण नेपालमा तीव्ररुपमा फैलिरहदा समेत आफ्नो कर्ममा डटेर अग्रपंक्तिमा रही काम गर्ने सबै सञ्चारकर्मीलाई उच्च सम्मान व्यक्त गर्दछु  उनीद्वारा जारि विज्ञप्तिमा भनिएको   ।