काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ । विगत ४ दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र थकान महसुस भएपछि पिसिआर परीक्षण गर्दा उनमा शुक्रबार (असोज ९ गते) कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएपछि अहिले उनी होम आइसोलेसन रहेकी छिन् । डा. शाह वरिष्ठ मिर्गौला रोग विशेषज्ञ हुन् ।