अजिज फाउन्डेसनले जाेरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा बस्ने स्पाइनल कर्ड इन्जुरी भएकाहरूलाइ मेडिकल सामग्री उपलब्ध उपलब्ध गराएकाे छ । जाेरपाटीकाे चामुण्डा माविमा भएकाे एक कार्यक्रममा स्पाइनल कर्ड इन्जुरी भएका विरामीलाइ एडल्ट डाइपर, बेबी डाइपर, सिआइसि पाइप, युरिन ब्याग, सिलिकन फाेलिलगायत बिभिन्न क्याथेटरहरू, डेटाेल साबुन र स्यानिटाइजर हस्तान्तरण गरिएकाे थियाे ।

खगेन्द्र नवजीवन केन्द्रमा रहेकाे अपाङ्गता भएका खेलाडीलगायत ७५ जनालाइ अजिज फाउन्डेसनकी अध्यक्ष शेर्की ल्हामु शेर्पा र नेपाल स्पाइनल कर्ड इन्जुरी एसाेसियसनकी सचिव साेनिका ढकालले  मेडिकल सामग्री हस्तान्तरण गरेका थिए । मेडिकल सामग्री हस्तान्तरण कार्यक्रम आयाेजनाका लागि कपन भेट्रान क्लबले विशेष सहयाेग गरेकाे थियाे ।