भक्तपुर दरवार क्षेत्र प्राचीन वास्तुकला र गौरबमय संस्कृतिको अभूतपूर्व समायोजनले सुसज्जित कला नगरी हो । ऐतिहासिक तथा सांस्कृतिक वैभवले संसार प्रसिद्ध भक्तपुर बिश्वकै एक उत्कृष्ट गन्तब्य हो । भक्तपुर दरवार क्षेत्र विश्वसम्पदा सूचीमा सूचिकृत सम्पदास्थलका साथै मल्लकालीन कला सँस्कृति अनि नेवारी जीवनशैलीले भक्तपुर सजिव संग्रहालयको रुपमा स्थापित छ ।

भक्तपुर दरवार स्क्वायर क्षेत्र राष्ट्रकै शानको रुपमा उभिएको छ । मल्ल्कालीन अदभुत कलाले सिंगिरिएको ५५ झ्याले दरवार, स्वर्णद्वार लगायत शहरका भित्री भागमा रहेका टौमढी, दत्रात्रय यहाँका अन्य आकर्षाहरु हुन ।

कोभिड १९ का कारण देश बन्दा बन्दि हुदाँ यहाँ विदेसी पर्यटक आउन पाएका छैन भने दरवार क्षेत्रमा रहेको संग्रहालय बन्द गरिएको छ ।२०७२ सालमा गएको विनासकारी भूकम्पले भत्किएको सम्पदा पुननिर्माणको काम  भने बन्दा बन्दीको वाबाजुत पनि चलिरहेको छ ।

हेर्नुस काठमाडौँ खबरका आशिष गुरागाईले आफ्नो क्यामरामा कैद गरेका दरवार क्षेत्रवरीपरीका थप तस्वीरहरु