काठमाडौं । कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरसको संक्रमण भएको छ । आचार्यले आफूले सोमबार स्वाब दिएकोमा आज रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।

आफ्नो स्वास्थ्य सामान्य रहेको उनले बताएका छन् । उनकी श्रीमती रमिलामा पनि कोरोना संक्रमण भएको छ । हरिवंशले फेसबुकमार्फत आफूसँगको सम्पर्कमा आएकालाई आइसोलेसनमा बसेर परीक्षण गराउन आग्रह गरेका छन् ।