कवि तथा गीतकार विसु कुमार के.सी. काे “राजीनामा” कविता सङ्ग्रह प्रकाशित भएकाे छ । असाेज १९ गते अनाैपचारिकरूपमा सार्वजनिक भएकाे राजीनामा कविता संग्रहमा के.सी. का ५० वटा कविता संग्रहित छन् । पञ्चायतकालकाे उत्तरार्धतिर(०४० देखि ०४६ सम्म) लेखिएका बिभिन्न भावका कविताहरू संग्रहमा समेटिएका छन् । ३० वर्ष अघि लेखिएका कविताले साेही बेलाका  सामाजिक, राजनैतिक, आर्थिक आयामहरूलाइ सम्बाेधन गरेकाे छ ।

कवि के.सी.ले आफ्नाे कविता संग्रहकाे बारेमा संग्रहमा बकपत्र भनेर लेखेका छन्, “आखिर त्याे बेलाकाे देश,समाज र संसारकाे अबस्था, स्थिति र परिस्थितिले ममा उमारेकाे भाव नै पाेखिएका त हुन् कविताहरूमा । देश र समाज अनि राजनैतिक, आर्थिक एवम् सामाजिक परिस्थितिमात्र हैन त्यसलाइ ग्रहण गर्ने र अभिव्यक्ति गर्ने मेराे उमेर र अबस्थाकाे पनि मिश्रण छ यसमा ।”

नेपाल सरकारकाे उच्च पदस्थ कर्मचारी भएर सेवानिवृत भएका विसुकुमार केसी निरन्तर लेखिरहने कवि हुन् । “राजीनामा” कविता संग्रहमा तत्कालिन अबस्थामा बिभिन्न प्रतियाेगितामा भाग लिएर पुरस्कृत भएका कविता पनि समेटिएका छन् । संग्रहमा संग्रहित पहिलाे “दुर्घटना” शीर्षकदेखि अन्तिम “हाे दाइ समय मरिसक्याे” शीर्षकसम्मका कविताहरूमा कविका कल्पनाभन्दा पनि उनका भाेगाइ र बुझाइ समेटिएकाे अनुभव गर्न सकिन्छ । राजीनामा कविता संग्रहका कविताहरूमा सरल एवम् मिठासपूर्ण विम्व, प्रतिक एवम् अलङ्कार भेट्न सकिन्छ जसले पाठकलाइ कविताकाे भावभूमि एवम् कल्पनाशीलता बुझ्न सहज बनाउनेछ ।

कवि केसीकाे प्रथम कृतिका रूपमा आएकाे “राजीनामा” कविता संग्रहलाइ युनिक एजुकेसन पब्लिसर्स प्रालिले बजारमा ल्याएकाे हाे ।