काठमाडाैँ उपत्यकाभित्रका नगरपालिकामध्ये धेरै काेराेना संक्रमण भएकाे नगरपालिकामध्ये बुढानिलकण्ठ नगरपालिका पनि एक हाे । यस नगरपालिकामा हालसम्म ८२० जनामा काेराेना संक्रमण देखिएकाे छ । हाल ३२० जना सक्रिय संक्रमण रहेकाे बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल स्वयम् काेराेना संक्रमणपश्चात आइसाेलनमा छन् ।

यस नगरपालिकामा एउटा आइसाेलेसन केन्द्र बनेकाे भनिए पनि हालसम्म संचालित छैन भने ५ जनाकाे आधाकारिकरूपमा मृत्यू भएकाे छ । असाेज १९ गते वडा नं १२ का ८१ वर्षीय पुरूषकाे निधनसँगै मृत्यू हुनेहरूकाे संख्या ५ पुगेकाे हाे । बुढानिलकण्ठ नगरपालिकाका ३२० जना सक्रिय संक्रमितमध्ये २८८ जना सेल्फ होम आइसोलेसनमा रहेका छन् भने बाँकी ३२ जना विभिन्न अस्पतालहरुमा उपचाररत रहेका छन्।

यस नगरपालिकाकाे वडा नं १० मा सबैभन्दा धेरै संक्रमित रहेका छन् भने सबैभन्दा कम वडा नं १३ मा देखिएकाे छ । वडा नं १० मा बनाउन थालिएकाे आइसाेलेसन केन्द्र बनाउन थालेकाे ३ महिना बितिसक्दा पनि सम्पन्न भएकाे छैन । वडा नं २ काे स्कूलमा बनाएकाे आइसाेलेसन केन्द्र बन्दै नबनी मुख्यमन्त्रीद्वारा उद्घाटन गरिए पनि उद्धाटनपछि एकमहिना बित्दा पनि संचालनमा आएकाे छैन । बनिसकेकाे भनिएकाे बिएमसि स्कूलकाे यस आइसाेलेसन केन्द्र संचालनमा नआए पनि स्कूलले कक्षा दशकाे पढाइ अनाैपचारिकरूपमा संचालन गर्न थालेकाे छ ।

लकडाउनमा पनि गुपचुप कक्षा संचालन गरेकाे बिएमसी स्कूलले आइसाेलेन केन्द्र भनिएकाे ठाउँमा  पुनः गुपचुपरूपमा कक्षा संचालन गर्न थालेपछि यस आइसाेलेसन केन्द्र संचालन नहुने देखिएकाे छ  ।