• सम्पादकीय——————————

३ हप्तादेखि सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीप्रति वर्तमान सरकारले गरेकाे उपेक्षाकाे यतिखेर विश्वस्तरमै आलाेचना भैरहकाे छ । विशेष गरेर  प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर केसीप्रतिकाे उदासिनतता दथा द्वेषले सिंगो मुलुक स्तब्धमात्र नभै आक्राेशित बन्दै गएकाे छ । डाक्टर केसीप्रति सदैव आलाेचनात्मक रहेका प्रम ओलीले  पछिल्लाे पटककाे  डा. केसीको अनशन २३ दिन भइसक्त पनि चासाेसम्म व्यक्त गरेका छैनन् ।

डा केसीले गरिरहेकाे पछिल्लाे अनशनको २२ औं दिन शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा अनौपचारिक टोली पठाउने काम गरे पनि याे टाेलीले भेटेरमात्र फर्कियाे ।  ३ हप्तादेखि अनसनमा रहेका डा. केसीको स्वास्थ्य अत्यन्त खराब भइसकेको अबस्था ओली सरकारकाे याे उदाशिनता डा. केसीकाे मृत्यू कुरिरहेझैँ लाग्छ । डा. केसीकाे कुनै पनि बेला जीवन जोखिममा पर्ने चेतावनी चिकित्सकहरूले दिएका छन् दिइरहेकाे बेला दुइतिहाइ बहुमत भएकाे वर्तमान सत्तापक्ष के.सी.माग असान्दर्भिक भनिरहेकाे छ । सत्तापक्ष केसी आफैल अनसन ताेडुन् भन्ने चाहनामा देखिन्छ । मागमाथि सम्बाेधनभन्दा केसीलाइ नै गलाउने वा हराउने भन्ने कुत्सित मनसायमा ओली सरकार देखिन्छ ।

स्वयम् प्रधानमन्त्री ओली तथा वर्तमान सरकारकाे डा. केसीप्रति आपत्तिजनक र रहस्यपूर्ण उपेक्षाले ठूलो अनिष्ट ल्याउनसक्ने अबस्था सिर्जिएकाे छ । जनसामान्य देखि पूर्वप्रधानमन्त्रीहरुले समेत ओली सरकारलाइ डा. केसीकाे जीवनरक्षा गर्न माग सम्बाेधन गराउन बिभिन्न माध्यम प्रयाेग गरे पनि ओली सरकार पूर्णत चुपझैँ छ । सडकदेखि सामाजिक सन्जाल र मिडियाले डा. केसीमाथि गरेकाे समर्थनप्रति पनि प्रम ओली एवम् उनका पार्टी र सरकार बेखुसी देखिन्छ । डा. केसीकाे पक्षमा काठमाडौंलगायत विभिन्न सहरमा डा. केसीको समर्थनमा दिनहुँ प्रदर्शनलाइ गाली गर्नेहरूमा दुइ तिहाइ बहुमतकाे नेकपा देखिएकाे छ ।

डा. केसीको जीवन रक्षाको माग राखेर नेपाल चिकित्सक संघले आन्दोलन सुरु गर्न लागे पनि प्रम ओलीकाे अहंकार टसमस भएकाे छैन । झन् नेकपाकै नेताहरू माधव नेपाल, झलनाथ खानाललगायतले केसीकाे मागलाइ सम्बाेधान गरेर जीवन रक्षा गर्न सरकारलाइ आग्रह गरेपछि प्रम ओलीकाे अहंकार झन् बढेकाे देखिन्छ । विपक्षी नेपाली कांग्रेसलगायत अरू विपक्षी दलहरूले त संस्थागतरूपमै डा. केसीका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।

तर बडाे विडम्बना भनाैँ, केपी ओली र उनको मन्त्रिपरिषद्का सदस्य भने सत्याग्रही प्राध्यापक डाक्टर गोविन्द केसीको ज्यानै लिन तम्सेजस्ता देखिएका छन्  । प्रम ओलीकाे तथा उनकाे सरकारकाे याे उपेक्षा सायद सत्ताको अहङ्कार र दम्भको चरमाेत्कर्ष हाे । प्रम ओलीले डा. केसीलाइ समर्थन गरेकाे आसयमा संचारमाध्यमलाइ एकपटक फेरी सत्ताेसराप गरेका छन् । ध्यान दिनुपर्ने कुरा प्रधानमन्त्री ओलीकै मन्त्रिपरिषद्ले गत २०७५ सालमा गरेको सम्झौताको कार्यान्वयन नै डा. केसीको मुख्य माग देखिन्छ । तथापि प्रम ओलीकाे अहङ्कार याे अनसनबाट डा केसी भागुन् भन्नेमैँ देखिन्छ । प्रम ओलीकाे याे अहंकारपूर्ण उदासिनताले कतै डा. केसीकाे जीवन नलियाेस् । प्रम ओलीले अहंकार त्यागेर डा. केसीकाे मागमाथि सम्बाेधन गर्नुकाे विकल्प छैन ।


  • केशव पाठक