काठमाडाैँकाे बुढानिलकण्ठ नगरपालिकामा असाेज २५ गते ५८ जना नयाँ काेराेना संक्रमित भेटिएकाे छ । उपत्यकाका धेरै संक्रमित भएका नगरपालिकाकाे सूचिमा टप पाँचमा रहेकाे बुढानिलकण्ठमा एउटा बनेकाे भनिएकाे आइसाेलेसन केन्द्रसमेत संचालनमा छैन । यस नगरपालिकाका मेयर उद्धव खरेल काेराेना संक्रमित भएपछि हाेम आइसाेसनमा छन् । दैनिकरूपमा संक्रमित बढिरहे पनि मेयर आफै संक्रमित भएपछि नगरवासीलाइ सामान्य सम्बाेधन गर्ने अबस्थासमेत देखिएकाे छैन ।

आइतबारसम्म यस नगरपालिकामा ४०३ जना सक्रिय संक्रमित रहेका छन् । दैनिक निकाे हुनेकाे संख्या पनि यस नगरपालिकामा कमजाेर देखिन्छ भने यहाँ काेराेनाकाे संक्रमणबाट मृत्यू हुनेकाे संख्या ५ जना रहेकाे छ । यस नगरपालिकामा सक्रिय रहेका संक्रमितमाध्ये १७७  महिला, २२६ पुरुष रहेका छन् । यीमध्ये १६१ महिला र १९४ पुरुष गरि कुल ३५५ जना सेल्फ होम आइसोलेसनमा रहेका छन् ।  बाँकी १६ महिला र ३२ जना गरि ४८ जना विभिन्न अस्पतालहरुमा उपचाररत रहेका छन् । यसैबीच नगरपालिका वडा नं ६ का वडाध्यक्ष नविन केसी काेराेनाबाट संक्रमित भएका छन् ।

आइतबारबाट संचालनमा आउने भनेकाे यस नगरपालिकाकाे एकमात्र आइसाेलेसन केन्द्र संचालनमा आउन सकेकाे छैन । मेयर उद्धव खरेल आफै काेराेना संक्रमित भएपछि नगरपालिकाले गर्ने धेरैजसाे महत्वपूर्ण काम प्रभावित भएकाे छ । मेयर खरेलले सामाजिक सन्जाल मार्फत आफूलाइ सक्रिय रहेकाे देखाउने प्रयत्न गरे पनि उनकाे सामाजिक सन्जालकाे सक्रियता निकै नै सस्ताे खालकाे भएकाले जनतामा अपेक्षित म्यासेज जान सकेकाे छैन । खरेलकाे अनुपस्थितिमा नगरपालिकालाइ संहाल्ने पात्रकाे अभाव देखिएकाे छ ।