सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काेराेना महामारी व्यापकरूपमा फैलिएकाे भन्दै यसपालाकाे चाडवाड जाेजहाँ छाैँ त्यहीँ बसेर मनाऔँ भनेर आव्हान गरेका छन् ।   पहिलेकैजस्तो मुलुकव्यापी लकडाउनको सम्भावना नरहेको बताउँदै ज्ञवालीले अब हरेक मानिसले आफै सचेत भएर चाडवाड मनाउनु पर्ने बताएका छन् ।

यसैबीच सरकारले काठमाडौँ उपत्‍यकाका सबै अस्पतालहरुलाई आकस्मिक बाहेकका अन्‍य अपरेशन नगर्न निर्देशन दिएको छ।सोमबार यसबारे जानकारी गराउँदै‘आकस्मिक बाहेकका नियमित अप्रेशनहरु हाललाई नगर्न र संक्रमणको अवस्था नियन्त्रण भएपछि मात्रै गर्न उपत्यकाका सबै अस्पतालहरुलाई निर्देशन दिइएको छ

याे निर्णयसँगै कोभिडका विरामीहरुलाई बेडको उपलब्धता, आइसियू र भेन्टिलेटर केही उपलब्ध हुन सक्‍ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विश्‍वास गरिएकाे छ । यस्तै काठमाडौं उपत्यका भित्रका सबै किसिमका सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा व्‍यवस्था गरी हाललाई स्वास्थ्य सेवा विभागसँग रहेका आइसियू, भेन्टिलेटर,अक्सिजन आदि सघन उपचारका लागि आवश्‍यक सरसाग्रीहरु उपत्यकाका अस्पतालका लाग व्‍यवस्थापन गर्न समेत निर्देशन दिइएकाे छ ।